Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङ गाउँपालिकाको सास्कृतिक प्रतिष्ठानमा विश्वराम राई नियुक्त

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र ७ २०८१
लिम्चुङबुङ गाउँपालिकाको सास्कृतिक प्रतिष्ठानमा विश्वराम राई नियुक्त

उपहार न्यूज
उदयपुर चैत ८
लिम्चुङबुङ गाउँपालिका उदयपुरले स्थापना गरेको सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा विश्वराम राई नियुक्त हुनु भएको छ । लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता स्थित क्यापटेन पर्शुराम राई माध्यमिक विद्यालयका सायहक प्रधानध्यापक समेत रहुनु भएका बौद्धिक व्यक्तित्व राईलाई सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा ४ बर्षको लागि नियुक्त गरिएको हो ।
लिम्चुङबुङ गाउँपालिकाको कार्यपालिकाको १२ औ बैठकले राईलाई सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
लिम्चुङबुङ गाउँपालिकाको कला, साहित्य, भाषा, सस्कृति, ललितकला लगायतको बिषयमा खोज अनुसन्धन गरी सास्कृतिक प्रतिष्ठानलाई संस्थागत विकास गर्दै लिम्चुङबुङको चिनारी स्थापित गर्ने उद्देश्यले अध्यक्षमा नियुक्त गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । सास्कृतिक प्रतिष्ठानको अध्यक्षमा नियुक्त हुनु भएका राईलाई गाउँपालिका अध्यक्ष मेजरकुमार राईले सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राई स्थानिय जनप्रतिनिधि, कर्मचारी नागरिक लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2025 Mar 21 Friday 11:37:25

प्रतिक्रिया
सम्बन्धित समाचार