Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लिम्चुङबुङ गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र ७ २०८१
लिम्चुङबुङ गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

उपहार न्यूज
उदयपुर चैत ८
लिम्चुङबुङ गाउँपालिका उदयपुरको आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको कवर्डहलमा आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिकाले दोस्रो चौमासिक अवधि सम्म सम्पादन गरेको विभिन्न कार्यक्रमहरुको बिषयमा गाउँपालका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहजीकरण गर्ने संस्था त्रियुगा मिडियाले गाउँपालिकाको तेस्रो पक्ष मुल्याङकन अन्तर्गत संकलन गरेको नागरिक अभिमत र वहिर्गमन पत्रबाट स्थानिय नागरिकले दिएको अभिमत सहितको प्रतिवेदन त्रियुगा मिडियाका सहजकर्ता देवराज राईले प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले स्वागत गर्नु भएको थियो स्वागतको क्रममा बोल्दै उपाध्यक्ष राईले सार्वजनिक सुनुवाई लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भयो । उहाँले गाउँपालिकाले गरेको कामाको बिषयमा नागरिकले निर्धक्क भएर आफ्ना कुराहरु राख्नको लागि आग्रह समेत गर्नु भयो । कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको विभिन्न पक्षमा संबन्धित रहेर जिज्ञासा, सुझाब र प्रश्न राखेका थिए कार्यक्रमा स्थानिय नागरिकहरु हरि भट्टराई, गन्जु शेर्पा, भविन्द्र राई लगायतेले विभिन्न सुझाब, प्रश्न, जिज्ञासा र खबरदारी गरेका थिए । सहभागीहरुले राखेका प्रश्न तथा जिज्ञासालाई संवोधन गर्दै गाउँपालिका अध्यक्ष मेजरकुमार राई गाउँपालिकाले देखेको समृद्धिको आशा र विश्वास चाडै पुरा हुने बताउनु भयो । । गाउँपालिकाले स्थानिय भाषा, धर्म, संस्कार, संस्कृतिको विकास गर्नका लागि हाल सास्कृतिक प्रतिष्ठान गठन गरेको बताउनु भयो ।
गाउँपालिका आफ्नो कार्य सम्पादन मुल्यांकनमा समेत विगत भन्दा उत्कृष्ट हुदै आएकाले लिजामा समेत उत्कृष्ट अंक हासिल गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राई, लेखा शाखा प्रमुख नविन राई, वडाअध्यक्षहरु वडा नम्बर २ का जितेन राई, ३ का अध्यक्ष गुरुमणी कुमाई र ४ का अध्यक्ष छत्र बहादु राईले सहभागीहरुले उठाएका बिषयलाई संवोधन गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले गाउँपालिका र वडा मार्फत हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुको साथै सहज सेवा प्रदान गर्नेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

Last updated:2025 Mar 21 Friday 11:32:50

प्रतिक्रिया
सम्बन्धित समाचार