Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सेनाको आयोजनामा उदयपुरमा वकतृत्वकला र विशेष प्रदर्शनी (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, फाल्गुन १३ २०८१
सेनाको आयोजनामा उदयपुरमा वकतृत्वकला र विशेष प्रदर्शनी (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर फागुन १३
नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा सेना दिवशको पूर्वसनध्यामा विद्यालय स्तरीय वकतृत्वकला प्रतियोगीता तथा विशेष प्रदर्शनी सम्पन्न गरिएको छ । सेनाको पशुपती प्रसाद गणमा आयोजित कार्यक्रमको उद्घटान एक समारोहका विच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गर्नु भएको थियो ।
पशुपती प्रसाद गण परिसरमा आयोजित कार्यक्रममा नेपाली सेनाको पशुपती प्रसाद गणले विभिन्न ऐतिहासिक सेनाका सामाग्रीहरु तथा विभिन्न दस्तावेज र फोटो प्रर्दशनी गरेको थियो । प्रदर्शनीको अवलोकन प्रमुख जिल्ला अधिकारी घिमिरे सहित सेनाको १८ नम्बर बाहिनीपति गौरब गुरुङ, पशुपती प्रसाद गणका प्रमुख शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगी, राष्ट्रिय अनुसन्धानका प्रमुख कुमार बुढाथोकी, पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत बहादुर खड्का, उदयपुर शाखा अध्यक्ष भक्तिविलास पोख्रेल सहित पत्रकारहरु, शिक्षक, विद्यार्थी लगायतले अवलोकन गरेका थिए ।
सेनाद्धारा आयोजित विश्व शान्ति स्थापनामा नेपाली सेनाको भुमिका बिषयक वकतृत्वकला प्रतियोगीतामा सगरमाथा माध्यमिक विद्यालयका आस्था श्रेष्ठ प्रथम भईन त्यसैगरी क्यानभास एकेडेमीका जेनिशा कार्की दोस्रो स्थान र सगरमाथा माविकै हेन्द्र पौडेलले तेस्रो स्थान हासिल गर्न सफल भएका थिएन । विजयी प्रतियोगीहरुलाई नगद तीन हजार दुई हजार र एक हजारको दरले पुरस्कृत गरिएको थियो ।


Last updated:2025 Feb 25 Tuesday 14:54:56

प्रतिक्रिया
सम्बन्धित समाचार