उपहार न्यूज
उदयपुर माघ २३
रौतामाई गाउँपालिका उदयपुरलाई साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले एम्बुलेन्स हस्ताणतरण गरेको छ । सामाजिक उत्तरदायीत्व वहन गर्ने क्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रौतामाई गाउँपालिकालाई सोमबार एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापालाई एम्बुलेन्स हस्तानतरण गरेको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहारा नेपालको तर्फबाट गाईघाट शाखा प्रमुख विदुर प्रसाद रेग्मी, अनुगमन अधिकृत रतन तिम्सिना र सेवा केन्द्र संचालन सहयोग उप समितिका संयोजक मदनराज कटुवालको उपस्तिथी रहेको थियो । एम्बुलेन्स प्राप्त गरे संगै गाउँपालिकाले कार्यविधि बनाएर स्थानिय सर्वसाधरणलाई सहज हुने तरिकाले संचालन गर्ने गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले बताउनु भयो ।
एम्बलेन्स हस्तान्तरण कार्यक्रममा रौतामाई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष होम बहादुर दाहाल, वडा नम्बर ७ का अध्यक्ष मनोज राना मगर त्यसैगरी लेखा अधिकृत भुपध्वज रायामाझी, स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरी लगायतको उपस्तिथी रहेको थियो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्ने शिलशिलामा यस अघि पनि उदयपुरको चौदण्डिगढी नगरपालिकालाई पनि एम्बुलेन्स सहयोग गरेको थियो । संस्थाले सामाजिक क्षेत्रमा समेत विभिन्न समयमा काम गर्दै आएको शाखा प्रमुख विदुर प्रसाद रेग्मीले बताउनु भयो ।