उपहार न्यूज
उदयपुर माघ २२
त्रियुगा नगरपालिका वडा नम्बर १० मा अवस्थित भगवती मन्दिरमा आयोजित श्रीमद् भागवत महापुरणको आयव्याय सार्वजनिक गरिएको छ । माघ ५ गते देखि ११ गते सम्म भागवत मञ्जरी राधिका दासीले वाचन गरेको उक्त पुराणमा संकलित रकमको आय व्याय पत्रकार सम्मेलनकोे आयोजना गर्दै आर्थिक व्यवस्थापन समितिले मंगलबा। सार्वजनिक गरेको छ ।
पुराणमा विभिन्न शिर्षकबाट गरी कुल ८३ लाख ६३ हजार ८ सय ७७ रुपैया आम्दानी भएको आर्थिक व्यवस्थापन समितिका संयोजक प्रकास कुमार खड्काले जानकारी दिनु भयो । पुराणमा तुलादानबाट ८१ हजार ५ सय १५ रुपैया, विभिन्न दाताहरुबाट ५० लाख एक हजार चार सय ९ रुपैया, दान पेटिकामा संकलित भेटी वापत २ लाख ९७ हजार ६ सय ७१ रुपैया, विभिन्न व्यक्तिहरुबाट भौतिक पूर्वाधार निर्माणको लागि २३ लाख १२ हजार दुई सय ११ रुपैया, विभिन्न वडाहरुबाट प्राप्त हुन बाकी एक लाख ३३ हजार तीन सय ३२ रुपैया, चेक सटहि गर्न बाकी २ लाख ८८ हजार दुई २५ रुपैया र विभिन्न दाताहरुबाट प्राप्त हुन बाकी नगद १ लाख ९८ हजार ७ सय १४ रुपैया, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कल्याण बोहोरा संग ४८ हजार ८ सय गरी ८३ लाख ६३ हजार ८ सय ७७ रुपैया संकलन भएको जनाईएको छ । यता पुराणको व्याय तर्फ संचालन खर्च १६ लाख ४० हजार ५१ रुपैया रहेको छ । आर्थिक समितिले पुराण अवधिको ७ दिनको आम्दानी खर्च सार्वजनिक गर्दै मुल आयोजक समितिका संयोजक त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतलाई आम्दानी खर्चको हिसाब बुझाएको हो ।
पुराण संचालन खर्च बाहेकको अतिरिक्त मन्दिर व्यवस्थापन समितिबाट भएका अन्य खर्चहरुको भने हिसाब गर्न बाकी रहेको छ । पुराण व्यवस्थापन, प्रचार प्रसार, यातायात, मसलन्द, खाद्यन्न आवास व्यवस्थापन लगायतका साना खर्चहरुको दायित्व भुक्तानी संगै उठ्न बाकी रकम समेत उठाएर पुराणको लेखा व्यवस्थापन चाडै गर्ने भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कल्याण विक्रम बोहोराले जानकारी दिनु भयो ।
पुराणबाट संकलित भेटी तथा दानबाट भगवती मन्दिर परिसरको स्तरउन्नती गर्ने लगायतका कामहरु पारदर्शि हिसाबले गर्नका लागि पुराण आयोजक समितिका संयोजक नगर प्रमुख बसन्तकुमार बस्नेतले मन्दिर व्यवस्थापन समितिलाई सुझाब समेत व्यक्त गर्नु भयो । आय व्याय सार्वजनिक गर्न आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका पूर्व नगर उप्रमुख दवी चौधरी, त्रियुगा नगरपालिका वडा नम्बर १० का अध्यक्ष किरण पाण्डे लगायत आयोजक समितिका सदस्यहरुको उपस्तिथी रहेको थियो ।