Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप संचालन हुने

  • उपहार न्यूज
  • मंगलबार, माघ १५ २०८१
उदयपुरमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप संचालन हुने

उपहार न्यूज
उदयपुर माघ १५
उदयपुरमा पनि राष्ट्रिय खोप अभियान अन्तर्गत पाठे घरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप लगाईने भएको छ । विशेष गरी १० बर्ष देखि १४ बर्ष सम्मका बालिकाहरुलाई लक्षित गरेर उदयपुरमा खोप पंचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खोप संबन्धि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रामनरशे ठाकुरले उदयपुर जिल्लामा माघ २३ गते त्रियुगा नगरपालिका वडा नम्बर १० बालमन्दिर माविबाट खोप लगाएर प्रारम्भ गरिने जानकारी दिनु भयो ।
उदयपुर जिल्लामा विद्यालय र विद्यालय बाहिर रहेका गरी कुल २० हजार एक सय २२ जना छात्राहरुलाई खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरन्जिवि निरौलाले जानकारी दिनु भयो । खोप संचालनको लागि जिल्लाभर विद्यालय, स्वास्थ्य संस्था र सामुदायीक थप खोप केन्द्र गरी कुल ३९६ केन्द्र संचालन हुने छ । खोपका लागि ४०३ जना स्वास्थ्यकर्मी र ७९९ जना स्वयम्सेवक परिचालन हुने खोप अधिकृत निरौलाले जानकारी दिनु भयो ।
जिल्ला खोप समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, शिक्षा समन्वय इकाइ उदयपुरका प्रतिनिधि अर्जुन खड्काले खोप अभियान संचालनको लागि शुभकामना दिनु भएको थियो । कार्यक्रममा पत्रकार, गैससकर्मी लगायतको उपस्तिथी रहेको थियो ।
खोप त्रियुगा नगरपालिका क्षेत्रमा माघ २३ देखि २५ गते सम्म, चौदण्डिगढी नगरपालिका क्षेत्रमा माघ २८ देखि फागुन १ गते सम्म, वेलका नगरपालिकामा माघ २३ देखि २५ गते सम्म, कटारी नगरपालिकामा माघ २८ देखि फागुन २ गते सम्म, लिम्चुङबुङ गाउँपालिकामा माघ २३ देखि २४ गते सम्म, रौतामाई गाउँपालिकामा माघ २३ देखि २५ गते सम्म, ताप्ली गाउँपालिकामा माघ २८ देखि ३० गते सम्म र उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गते सम्म संचालन गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2025 Jan 28 Tuesday 13:42:17

प्रतिक्रिया
सम्बन्धित समाचार