Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फोनिज उदयपुरको नेतृत्वमा रन्जु

  • उपहार न्यूज
  • शनिबार, पुष २७ २०८१
फोनिज उदयपुरको नेतृत्वमा रन्जु

उदयपुर । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन फोनिज उदयपुरको नेतृत्वमा रन्जु दनुवार निर्वाचित भएकी छन् । शनिबार बहेडुवामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट चुनावी प्रक्रियामार्फत दनुवार नेतृत्वमा आएकी हुन् ।

त्यस्तै उपाध्यक्ष मनोज श्रेष्ठ, सचिव विक्रम राई, सहसचिव बिजय राई र कोषाध्यक्ष आकास बलम्पाकी मगर चयन भएका छन् । जिल्ला समिति सदस्यमा अरुना तामाङ, भावना राइ, नयनराज राई, हिरा राई, प्रबिन राइ, सरक्षक राई र चेवाङ राई चयन भएका छन् ।

यसैगरी केन्द्रिय पार्सदहरुमा शंकर रिखाम मगर, टेकराज रिखाम, जयन्ती तामाङ, इस्वर बलम्पाकी, भास्कर चौधरी, यमुना आलेमगर, बिन्द्र राई, सन्जिब चौधरी, उर्मिला दनुवार चयन भएका छन् । प्रदेस पार्सदमा देवराज राई, सिंह राई, तोसल राई, सन्तोस्कला तामाङ, अमित तामाङ, सन्चार किराती, रमिला दनुवार, जयराम पुर्वाछाने, निसान ताम्राकार, अरुण कोइमी राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम समयसम्म सर्वसहमत नेतृत्व चयन गर्ने अभ्यास भएपनि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि रन्जुसँगै प्रतिद्धन्दी बुद्धि चाम्लीङले उम्मेदवारी दिएका थिए । चुनावी अन्तिम मतपरिणाम अनुसार विजयी दनुवारलाई २२ मत खसेको थियो भने चाम्लीङको पक्षमा १७ जना मतदाता उभिएका थिए ।

Last updated:2025 Jan 11 Saturday 16:19:08

प्रतिक्रिया
सम्बन्धित समाचार