उपहार न्यूज
उदयपुर पौष २०
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ मुकुर्चीमा प्रथम रौतामाई मिनि महोत्सव २०८१ सुरु भएको छ । शुक्रबार एक समारोहका विच रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र आलेमगरले महोत्सवको उद्घाटन गर्नु भएको हो । आन्तरिक व्यापार र पर्यटन प्रबद्र्धनको मुल नाराका साथ सुरु गरिएको महोत्सवमा स्थानिय खाना परिकारहरु विभिन्न खेलकुदकका सामाग्री तथा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलाको उद्घाटनको क्रममा बोेल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मगरले कुनै बेला जिल्लाकै पहिचान बोकेको मुर्कुची बजार यतिवेला व्यवसाय दिन प्रतिनिदन धरासयी बन्दै जाँदा स्थानिय व्यवसायीहरुको प्रबद्र्धनको लागि समेत यस किसिमका कार्यक्रमले टेवा पुग्ने बताउनु भयो ।
उहाँले यस किसिमको कार्यक्रममा स्थानिय व्यवसायीहरु समेत उत्साहित भएर साथ र सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा रौतामाई गाउँपालिका उदयपुरका उपाध्यक्ष भुपेन्द्र बहादुर थापा, पूर्व गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का, नेकपा एमालेका उपसचिव हेम खड्का, पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, त्रियुगा नगरपालिका ११ का वडा अध्यक्ष सुमन्त कोइराला, रौतामाई ७ का अध्यक्ष मनोज राना मगर, उदयपुरगढी गाउँपालिका ७ का अध्यक्ष भुवन केप्छाकी मगर लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्ष रौतामाई स्पोर्टस क्लबका अध्यक्ष हरी आलेमगर स्वागत मनतव्य सन्तोष मस्र्याङगी मगर र संचालन सचिव टेकराज रिखाम मगरले गर्नु भएको थियो । १५ दिन सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।