धनकुटा जिल्ला को चौविसे गाउँपालिका वडा नम्बर ५ बोधे मा स्थानियहरुले श्रमदान र सहयोग बाट १५ लाख को भब्य प्रवेशद्वार उद्द्घाटन कार्यक्रम सम्पन्न भएको छ्।
बोधे ५ र ७ नं वडा माैनाबुधक को सिमानामा बोधेबासि स्थानिय को आर्थिक सहयोग र श्रमदान बाट निर्माण भएको प्रवेशद्वार भब्य कार्यक्रमको साथ पौष १८ गते उद्द्घाटन भएको थियो कार्यक्रममा को प्रमुख अथिति चौविसे गाउपालिकाको अध्यक्ष राज कुमार चेम्जोङ थिए राजारानि ईलाका प्रहरि कार्यलयको प्रहरि निरिक्षक महेश खड्का चौबिसे गाउपालिका वडाको अध्यक्षहरु जेस्ठ नागरिक बिधालयको प्रध्यानाध्यपक हरु समाजसेवि बुद्दिजिबिहरुको बाक्लो उपस्थिति मा बिभिन्न सास्कृतिक झाकिहरु सहित कार्यक्रम भएको बोधे प्रवेशद्वार समितिको सयोजक सुरेश याखाले जान्कारि दिए ।
कार्यक्रममा प्रवेशद्वार को आय ब्यय प्रस्तुत गरिएको थियो सहयोग १५ लाखमा निर्माण भएको जानकारि बोधे प्रवेशद्वार निर्माण समितिको अध्यक्ष टिकामणि याखा ले जान्कारि दिए ।
चौविसे गाउपालिकाको अध्यक्ष ले कार्यक्रममा बोल्दै उदाहरणीय काम सम्पन्न गर्ने निर्माण समिति लाई बधाई र भाबि दिनमा विकासको कार्यक्रममा गाउपालिका बाट सहयोग गर्ने वचन दिए कार्यक्रममा सम्पुर्ण उपस्तिथ आर्थिक सहयोगि दातालाई खदा र सम्मान पत्रले सम्मान गरिएको थियो ।