Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

युवाको नेतृत्वमा बोक्सेमा सरसफाई अभियान सुरु गरिने

  • उपहार न्यूज
  • बिहिबार, पुष ११ २०८१
युवाको नेतृत्वमा बोक्सेमा सरसफाई अभियान सुरु गरिने

उपहार न्यूज
उदयपुर पौष ११
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा स्थानिय युवाहरुको नेतृत्वमा वृहत सरसफाई अभियान सुरु गरिने भएको छ । त्रिनपा १० क्षेत्रका वन, धार्मिक तथा प्राकृतिक सम्पदाहरु दिनदिनै फोहोर तथा शिसाजन्य फोहोरहरु बढ्न थाले पछि पर्यावरण जोगाउनका लागि युवाहरुको नेतृत्वमा सरसफाई अभियान सुरु गरिन लागेको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले आयोजना गर्ने गरी अभियानको पहिलो कार्यक्रम शुक्रबार बिहान संचालन गरिने वडाअध्यक्ष किरण पाण्डेले जानकारी दिनु भयो । सरसफाई कार्यक्रम संगै युवाहरुको संजाल गठन गरेर अभियानलाई यस पछि समेत जारी राखिने योजना रहेको पाण्डेले बताउनु भयो ।
सरसफाई अभियानका युवाहरुको समुह गठन गरेर टोलबस्ती, प्राकृतिक सम्पदा, नदि लगायतका स्थानहरुमा प्रत्येक शनिवार सफाई अभियान संचालन गरिने योजना रहेको उहाँले बताउनु भयो ।
अभियानको पहिलो कार्यक्रम शुक्रबार त्रिनपा १० र ११ मा पर्ने हाल प्याराग्लाईडिङ उडान स्थल राते डाडा लगायतका स्थानमा सरसफाई गरिने कार्यक्रम रहेको छ । अभियानलाई सबै क्षेत्रका युवाहरुले साथ सहयोग गर्ने भएका छन् अभियानलाई राजनिति भन्दा माथि उठेर संचालनको लागि सबैको साथ सहयोगको आवश्यक रहेको त्रिनपा १० का युवा सन्तोष खड्काले बताउनु भयो ।
अभियान संचालनको लागि बुधबार त्रिनपा १० बोक्से चोकमा वृहत युवा भेला तथा कार्यक्रमको बिषयमा छलफल समेत गरिएको थियो । छलफलबाट आएका बिषयबस्तुहरुलाई टिपोट गरेर कार्ययोजनानै बनाएर कार्यक्रम संचालन गरिने वडा अध्यक्ष किरण पाण्डेले बताउनु भयो ।

Last updated:2024 Dec 26 Thursday 14:16:48

प्रतिक्रिया
सम्बन्धित समाचार