Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

तामाङ पत्रकार संघ उदयपुरको नयाँ नेतृत्व चयन

  • उपहार न्यूज
  • बुधबार, मंसिर १९ २०८१
तामाङ पत्रकार संघ उदयपुरको नयाँ नेतृत्व चयन

उपहार न्यूज
उदयपुर मंसीर १९
तामाङ पत्रकार संघ उदयपुरको चौथो जिल्ला अधिवेशन बुधबार गाईघाट स्थित उपहार एफ.एमको कार्यालयमा सम्पन्न भएको छ । अधिवेशनले सन्तोषकला तामाङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ तामाङ उदयपुरबाट प्रकाशन हुने त्रियुगा टाइम्स साप्ताहिक पत्रिकाको सम्पादक हुन् । समितिको उपाध्यक्षमा देवराज राई, सचिवमा यमुना गोले, सह सचिवमा शसी लामा, कोषाध्यक्षमा अरुणा तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा निर्मला तामाङ, भेषमोहन तामाङ, सम्झनाकुमारी तामाङ, कुसुम लामा तामाङ, संगीना तामाङ र दिनेश गोले तामाङ चयन भएका छन् ।
समितिको केन्द्रिय प्रतिनिधिमा ईश्वर तामाङ र यमुना गोले प्रदेश प्रतिनिधिमा असोक तामाङ, अरुणा तामाङ सल्लाहकारहरुमा मोहन गोले, दिल बहादुृर तामाङ, ईश्वर तामाङ, विश्वराज तामाङ, अमित तामाङ र जयन्ती तामाङ रहेका छन् ।
२०७० सालमा तत्कालिन तामाङ सञ्चार समुहको नाममा रहेको संघको उदयपुरमा विश्वराज तामाङको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो । संघको पहिलो अधिवेशनले जयन्तीकला तामाङ दोस्रो अधिवेशनले स्व. नरेशमोहन तामाङ र तेस्रो अधिवेशनले अमित तामाङलाई अध्यक्षमा चयन गरेको थियो ।

Last updated:2024 Dec 04 Wednesday 13:30:21

प्रतिक्रिया
सम्बन्धित समाचार