Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १४ २०८१
पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सचेत रहन नागरिकलाई आग्रह गरेको छ।

Last updated:2024 Nov 29 Friday 09:06:49

प्रतिक्रिया
सम्बन्धित समाचार