Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

  • उपहार न्यूज
  • बिहिबार, मंसिर १३ २०८१
गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
xr:d:DAFbpsAE51M:3554,j:5900131764558555040,t:24012204

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो ।ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार