Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

११ वटा एयरलाइन्सले बुझाएहवाई भाडादरको विवरण

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर ७ २०८१
११ वटा एयरलाइन्सले बुझाएहवाई भाडादरको विवरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधवार निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।मन्त्रालयका अनुसार विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।यसैबीच अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।

Last updated:2024 Nov 22 Friday 07:35:33

प्रतिक्रिया
सम्बन्धित समाचार