Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

श्जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

  • उपहार न्यूज
  • बिहिबार, मंसिर ६ २०८१
श्जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा रहनेछ । प्रायोजन रकमबारे भने केही खुलाइएको छैन । जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् । यस्तै म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ ।प्रायोजनसम्बन्धी सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजेमन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहने बताए । क्रिकेटको विकासका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षक नियुक्त गरिएको पनि उनले बताए । म्यानेजमेन्टमा दिवा समूहका सबै विद्यार्थीको बाक्लो उपस्थितिमाझ बारा जिल्लाका अनिल साहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात भने मकवानपुरबाटै सुरु भएको बताए । उनले म्यानेजमेन्ट भन्ने बित्तिकै कडा अनुशासन भन्ने बुझिने उल्लेख गर्नुहुँदै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागु गरेकै कारण सफलता मिलेको बताए ।आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन् । मंसीर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलमा जनकपुर बोल्ट्समा अमेरिका निवासी हेटौँडा–५ का इन्जिनियर उत्सव सिग्देलले पनि लगानी गरेका छन् ।

Last updated:2024 Nov 21 Thursday 06:53:01

प्रतिक्रिया
सम्बन्धित समाचार