Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाईको वडा नम्बर ६ बालमैत्री वडा घोषणा

  • उपहार न्यूज
  • बुधबार, मंसिर ५ २०८१
रौतामाईको वडा नम्बर ६ बालमैत्री वडा घोषणा

उपहार न्यूज
उदयपुर मंसीर ५
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडालाई बुधबार वडा कार्यालय परिसर चिसापानीमा आयोजित एक समारोहका विच कोशी प्रदेश सरकारका पूर्व वन तथा पर्यटन मन्त्री तथा प्रदेश सभा सदस्य नारायण बुर्जा मगर र रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र बहादुर आलेमगरले बालमैत्री वडा घोषणा गर्नु भएको हो ।
बालमैत्री वडा घोषणा गर्नका लागि पुरा गर्नु पर्ने बालमैत्री स्थानिय शासन अन्तर्गतका ५१ वटा सूचकहरु पुरा गरे संगै वडालाई वालमैत्री वडा घोषणा गरिएको हो । वडा कार्यालयको आयोजनामा गरिएको घोषणा सभा पूर्व वल्ड भिजन ईन्टरनेशनलको सहयोग तथा जाल्पा एकिकृत विकास समाज उदयपुर र हुरण्डेक उदयपुरको सहजीकरण तथा सहयोगमा बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जामगरले रौतामाई गाउँपालिका पर्यटन, पूर्वाधार संगै सामाजिक विकासमा समेत अघि बढ्ने क्रममा बालमैत्री वडा घोषणा संगै यसलाई निरन्तरता दिईनु पर्नेमा जोड दिनु भयो ।
उहाँले रौतामाई गाउँपालिकाको पर्यटन तथा पूर्वाधार विकासमा प्रदेश सरकारबाट विभिन्न बजेट तथा कार्यक्रमहरु विनियोजन तथा कार्यान्वयन गर्दै आएको समेत बताउनु भयो । पर्यटन र पूर्वाधार क्षेत्रको विकासमा आफु दुई पटक प्रदेश सभा सदस्य भैरहदा रौतामाई गाउँपालिकालाई विशेष प्राथमिक्तामा राखेर काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरेन्द्र बहादुर आलेमगरले वालमैत्री वडा घोषणा संगै व्यवहारमा समेत लागु गर्नका लागि ठूलो चुनौती भएकाले यसलाई निरन्तरता दिईनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष मगरले बालमैत्री वडा घोषणालाई उत्सवको रुपमा मनाउदै बालमैत्री व्यवहारहरु घोषणा गरिएको क्षेत्रमा संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले तन, मन र वचनले सबैले लागे मात्र घोषण कार्यान्वयन सफल रहने बताउनु भयो । उहाँले कार्यान्वयन चुनौतीपूर्ण भए पनि यसलाई निरन्तरता दिनका लागि गाउँपालिका लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा रौतामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, वल्ड भिजनका जिल्ला संयोजक आनन्द खड्का, ताप्ली गाउँपालिका ३ वडा अध्यक्ष रंगमान तामाङ, लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कविचन्द्र राई, त्रियुगा नगरपालिका १५ का अध्यक्ष गणेश तिम्सिना, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत बहादुर खड्का, जिल्ला समन्वय समितिका प्रतिनिधि दिपक पोख्रेल, जाल्पा एकिकृत विकास समाजका उपाध्यक्ष केशव कार्की, हुरण्डेक उदयपुरका सदस्य केशव राई, शिक्षक प्रतिनिधि बलराम राई, विद्यार्थी विश्वधा राईले कार्यक्रम सफलताको शुभकाकनाा व्यक्त गरेका थिए । रौतामाई ६ का वडाअध्यक्ष पृथ्वी बहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रम गाउँपालिकाको वडा सचिव भिमा देवी आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा बालबलिकाहरुले विभिन्न सास्कृतिक प्रस्तुती, सडक नाटक, राई समुदायले साकेला नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानिय नागरिक, राजनैतिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, बालबालिका, जनप्रतिनिधिहरुको ठूलो संख्यामा उपस्तिथी रहेको थियो ।

Last updated:2024 Nov 20 Wednesday 12:10:56

प्रतिक्रिया
सम्बन्धित समाचार