Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

  • उपहार न्यूज
  • बुधबार, मंसिर ५ २०८१
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

काठमाडौं । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।
सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ ।प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो

Last updated:2024 Nov 20 Wednesday 07:43:12

प्रतिक्रिया
सम्बन्धित समाचार