Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल काठमाडौंबाट गिरफ्तार

  • उपहार न्युज
  • शुक्रबार, बैशाख २७ २०७६
विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल काठमाडौंबाट गिरफ्तार

संयुक्त पाँच विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलन गरिरहेको कार्यक्रमस्थलबाट अखिल क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवि ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरिरहेकोबेला नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

विनाकारण अध्यक्ष ढकाललाई गिरफ्तार गरेकोमा तुरुन्त रिहाइको मागसमेत संयुक्त संगठनले गरेको छ ।

विहीबार विद्यार्थी संगठनको संयुक्त बैठकले तीनवटा निर्णय गरेको थियो –

१. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरी पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनका लागि नेपाल सरकारको शिक्षामन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरियो ।

२. राष्ट्रिय आविष्कार केन्द्रलगायत अनुसन्धानका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलगायत सबैलाई समेटी उच्चस्तरीय सबै क्षेत्रका राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम जेठ ११ गते प्रज्ञा–प्रतिष्ठानको डबलीमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।

३. राज्यसत्ताको दुरुपयोग गरी विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु वाइडबडी, एनसेल, फोरजी, बालुवाटार जग्गा, सुनकाण्ड, ठेकेदारकाण्डलगायतका विषयहरुमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीको निम्ति नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो ।

संयुक्त विज्ञप्तिमा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू ९पाँचौं० का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जीत निष्पक्ष, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, राष्ट्रवादी वि। संघका अध्यक्ष, ताराप्रसाद अर्याल र ने।आ।ज।वि। महासंघका अध्यक्ष दुजाङ शेर्पाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

यसै गरी रुकुम पश्चिममा नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

Last updated:2019 May 14 Tuesday 11:52:52

प्रतिक्रिया
सम्बन्धित समाचार