Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरणमा

  • उपहार न्यूज
  • सोमबार, मंसिर ३ २०८१
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरणमा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।सानो गौचरमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । यतिबेला सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति छ । नेता एवम विभिन्न निकायका विशिष्ट व्यक्तिहरुको आउनेक्रम पनि सुरु भएको छ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।

Last updated:2024 Nov 18 Monday 10:22:20

प्रतिक्रिया
सम्बन्धित समाचार