Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन

  • उपहार न्यूज
  • शनिबार, मंसिर १ २०८१
मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन

काठमाडौ ।उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धीविवाद समाधामा संलग्न देश विदेशमाख्यातिप्राप्त संस्थाहरू, विषय विज्ञ तथाव्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमाहुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजनाग गर्न लागिएको उक्त सम्मेलन आउँदो मंसिर २७ देखि ३० गतेसम्म सञ्चालनहुनेछ । नेपाल इन्टरनेशनल एडिआर सेन्टरले आयोजनामा चार दिनसम्मचल्ने सम्मेलनको नारा ‘विवाद समाधानको आधुनिकीकरणः न्यायमापहुँचअभिवृद्धिका लागि एडीआरको भूमिका’ रहेको महासचिववरिष्ठ अधिवक्तामातृका प्रसाद निरौलाले जानकारी दिए ।
सम्मेलनमाविश्वकाकरिव १६ देशकावक्ताहरुको सहभागिता रहने उनले बताए । नेपालमापहिलो पटक हुनलागेको सम्मेलनमाजापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायतकरिव १६ मुलुकबाट प्रतिनिधित्वहुने महासचिव निरौलाले जानकारी दिए । सम्मेलनको उदघाटन सत्रपछि, पूर्णशत्र, समूह छलफलका सत्रहरु, अतिथिवक्ताको प्रस्तुतीसहित चार दिनसम्मकार्यक्रम संचालनहुनेछ । कार्यक्रममा करार सम्बन्धीविवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धीविवाद, संयुक्त राष्ट्र संघका मोडल कानून सम्बन्धीव्यवस्था र मध्यस्थताएवम मेलमिलाप सम्बन्धमान्यायपालिकाको भूमिकालगायतकाविषयमा छलफल हुनेछ ।
नेपाललाई विवाद समाधानको आकर्षक गन्तब्यका रुपमाविकास गराउने सम्मेलनको लक्ष्य रहेको छ । विभिन्न मुलुकबाट आएका विज्ञहरुको राय सुझाव संकलन गरी नीतिनिर्माण तहमासिफारिस गर्ने समेत उद्देश्य आयोजकले राखेको छ ।

‘नेपालमध्यस्थ अवार्ड कार्यान्वयन सम्बन्धीन्यूयोर्क अभिसन्धीको पक्ष राष्ट्र हो तर त्यो भन्दाउपयोगी र आकर्षक मेलमिलाप सम्बन्धी सिंगापूर अभिसन्धी २०१८ को अनुमोदन गरेको छैन । सिंगापुर अभिसन्धीले मुलुकको हितमात्रगर्दछ, कुनै अहित गर्ने ठाँउ छैन । तथापीत्यसतर्फ सरकारको ध्यानपुग्ननसकेको अवस्थामा सम्बिन्धतपक्षलाई ध्यानाकर्षण गराउने काम सम्मेलनमार्फत हुने,’ निरौलाले भने । मध्यस्थता र मेलमिलापलाई व्यवस्थित संचालन र विकास गर्न सके मुलुकमाविदेशीलगानीआकर्षित हुने मात्रहोइन नेपालको सुन्दर प्राकृतिक छटाको आनन्दलिदै विवाद समाधानको आकर्षक गन्तव्यका रुपमाविश्वभरबाट नेपाल भ्रमणमा सबैलाई आकर्षित गर्न प्रयास गर्ने समेत सम्मेलनको उद्देश्य छ ।

Last updated:2024 Nov 16 Saturday 06:50:04

प्रतिक्रिया
सम्बन्धित समाचार