Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मौसम पूर्वानुमानःपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना

  • उपहार न्यूज
  • शनिबार, मंसिर १ २०८१
मौसम पूर्वानुमानःपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

Last updated:2024 Nov 16 Saturday 06:36:02

प्रतिक्रिया
सम्बन्धित समाचार