उपहार न्यूज
उदयपुर कात्तिक २२
उदयपुरका नदि तथा खोलाहरुमा छठ पर्वको रौनक सुरु भएको छ । विशेषगरी सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नदिमा उदयपुरमा विशेषगरी छठ पुजा गर्ने प्रचलन रहि आएको छ । यस बर्ष पनि छठ पुजा व्यवस्थापन समितिले विशेष तयारीका साथ त्रियुगा नदिमा छठ पुजाको तयारी गरेको छ । छठ पुजाको विशेष दिन आज श्रद्धालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको सुरुवात गर्दैछन् । भोली शुक्रबार विहान उदाउदो सुर्यलाई अर्घ दिदै छठ पुजाको समापन गरिने छ ।
त्रियुगा नदि किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले छ । यस बर्ष श्रद्धालु भक्तजनहरुमो संख्या बृद्धि भएकाले छठ पुजा व्यवस्थापन समितिले घाट निर्माण समेत बढाएको छ । छठ पुजामा झण्डै ५० हजार अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष चन्दन साहले बताउनु भयो । उदयपुरको त्रियुगा नदि सगै कटारीको तावा खोला, बेल्टारको द्धारखोला र त्रियुगा नदिको संगम स्थल लगायतका स्थानमा छठ पुजा गर्ने चलन छ । मधेसी समुदायले विशेषगरी मनाउदै आएको यस पर्व पछिल्लो समय सबै समुदायले विशेष चाडको रुपमा मनाउदै आएको छ ।