Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

छठ पर्वले सबै प्रकारका सामाजिकविभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् ः राष्ट्रपति

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक २२ २०८१
छठ पर्वले सबै प्रकारका सामाजिकविभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकताअभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमाविद्यमानवर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीतिएवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताअभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे ।राष्ट्रपति पौडेलले प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमाविद्यमान सबै प्रकारका सामाजिकविभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनीकामना गरेका छन् । सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रतबसी रातभर खोलातथापोखरीको किनारमा जाग्रामबसीधुमधामतथाहर्षोल्लासका साथ छठ पर्व मनाइन्छ । खासगरी तराई तथामधेश क्षेत्रमामनाइने छठ पर्व हालआएर काठमाडौं उपत्यकालगायतअन्य पहाडी तथाहिमालीजिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषयभएको राष्ट्रपतिले सन्देशमाउल्लेख गरेका छन् ।

Last updated:2024 Nov 07 Thursday 09:05:44

प्रतिक्रिया
सम्बन्धित समाचार