Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

थापाथली र कमलपोखरीमा यसरी हुँदै छठको तयारी

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक २० २०८१
थापाथली र कमलपोखरीमा यसरी हुँदै छठको तयारी

काठमाडौं । छठ पर्वका अवसरमा नदीकिनारा तथातालहरू श्रृंगार गर्ने काम सुरु भएको छ । काठमाडौंमा पनि छठको तयारी सुरु भएको छ । काठमाडौंको थापाथलीर कमलपोखरीमा छठका लागितयारी धुमधामका साथभइरहेको छ । कमलपोखरी, नागपोखरीलगायत स्थानमापनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । छठको विधिभने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायततामसीखाद्य परिकार नखाई शुद्ध बस्ने व्रतविधि छ । कार्तिक शुक्लपञ्चमीकादिनबर्तालुले सखर, घिउलगायत शुद्ध खाद्यपदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्यदिनकार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यहीकात्तिक २२ गते बिहीबार यस पर्वको मुख्यदिन परेको छ ।

Last updated:2024 Nov 05 Tuesday 10:22:04

प्रतिक्रिया
सम्बन्धित समाचार