Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

नेपाल पर्यटनबोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
नेपाल पर्यटनबोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता

काठमाडौं । उज्यालोको पर्व तिहारको अवसर पारेर काठमाडौंस्थित नेपाल पर्यटनबोर्डको प्राङ्गणमा सेलरोटी पकवान प्रतियोगिता–२०८१ गरिएको छ ।
सेलरोटीबिनाको तिहार खल्लो हुने नेपालीमान्यता रहिआएकाले ‘मौलिक संस्कृतिबचाउँ र पर्यटनमा टेवापुर्याउँ’भन्ने उद्देश्यका साथपहिलोपटकप्रतियोगिता गरिएको हो ।
नेपालीको अतिलोकप्रिय, पवित्र र पौराणिकखानेकुरा सेलरोटीप्रतिको मौलिकताबचाइराख्नपनिमहिलादिदीबहिनीहरुको सहभागितामाप्रतियोगिता गरिएको हो । ट्रिनिटीमार्केटिङ एण्डइभेन्टम्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटनबोर्ड, पर्यटनपत्रकार संघ (जाट–नेपाल), सेफ एसोसियसनअफ नेपाल, महिलाउद्यमी संघ, उनीवस्तु विकास संघ, पर्ल वासमतीचामल, निभियालोसन, डेवान्स इन्जिनियरिङ, किवानिस क्लबअफ मेरिगोल्ड, किवानिस क्लबअफधौवलागिरी लगायतको सहयोगमाप्रतियोगिता गरिएको हो ।

पूर्व सांसद नवराजसिलवालले सेलरोटीपकाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममाशुभकामनादिँदै पूर्व सांसद सिलवाले परम्परागतखानाएवं संस्कृतिको संरक्षणमालाग्नु आफैंमा सुखदपक्ष रहेको धारणाव्यक्त गरे । कार्यक्रममा पर्यटनपत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले मौलिकखाना सेलरोटीको जगेर्नासँगै पर्यटनप्रवद्र्धनमा टेवापुर्याउने उद्देश्यले प्रतियोगिताआयोजना गरिएको जानकारी दिए । प्रतियोगिताकी संयोजक साबित्री ढुंगानाले महिलादिदीबहिनीहरुको आफ्नो मौलिकसिपएवं कलालाई प्रतियोगितामार्फत उजागर गर्दै संरक्षणमाआगामीदिनमाथपहौसलाप्रदान गर्न आफूहरु लागिपरेको बताइन् । प्रतियोगितामाकाठमाडौं उपत्यकाका २६ जनामहिलाहरुको १३ समूह सहभागीभएको थियो । सहभागीहरुमध्ये प्रथम, द्धित्तीय र तृत्तिय स्थानहासिल गर्नेलाई मेडल, सम्मानपत्र र पुरस्कारस्वरुपचामलप्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा सेफ एसोसियसनअफ नेपालकानिवर्तमानअध्यक्षएवं सेफ एसोसियसनफाउण्डेसनका सञ्चालकश्यामलामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसियसनअफ नेपालकामहासचिवपदमआलेमगर रहेका थिए । निर्णायकहरुले सेलरोटीबनाउँदाध्यानदिनुपर्ने पक्षहरु, मिश्रण गर्न सकिने सामग्रीलगायतबारे प्रतियोगीहरुलाई जानकारी दिँदै हौसलाप्रदान गरेका थिए । नेपाली समाजमातिहार, विशेष पर्व, पूजा, विवाह, धार्मिक कार्य लगायतमा सेलरोटीको पकवानको विशेष महत्व रहेको छ ।

Last updated:2024 Nov 01 Friday 11:43:44

प्रतिक्रिया
सम्बन्धित समाचार