Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अवैधलागूऔषध सहितविभिन्न स्थानबाट ९ जनापक्राउ

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १६ २०८१
अवैधलागूऔषध सहितविभिन्न स्थानबाट ९ जनापक्राउ

काठमाडौं । प्रहरीले देशकाविभिन्न स्थानबाट९ जनालाई अवैध लागूऔषध सहितपक्राउ गरेको छ । कञ्चनपुर, बेलौरी नगरपालिका–९ रतनपुरबाटअवैध लागूऔषध खैरो हेरोइनजस्तोदेखिने पदार्थ ३८ मिलिग्राम सहित सोहीठाउँबस्ने २४ वर्षीय मोहन राजभट्टलाई प्रहरीले पक्राउ गरेको छ । इलाकाप्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकीभुडाबाटखटिएको प्रहरीले उनलाई उक्तपदार्थ सहितपक्राउ गरेको हो ।काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाटअवैध लागूऔषधपोल्याण्डजस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहितधादिङ गजुरी गाउँपालिका–८ बस्ने १७वर्षीयकिशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभागनागढुङ्गा रलागूऔषधनियन्त्रणब्यूरो शाखाकार्यालय नागढुङ्गाबाटखटिएको प्रहरीले पालुङबाटकाठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममाबसमासवार उनलाई उक्तपदार्थ सहितपक्राउ गरेको हो ।यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–५ हलचोक चौतारा नजिक डेरा गरी बस्नेधादिङ सिरानचोक गाउँपालिका–४ घर भएकी ३७वर्षीया चमेलीग्याल्वातामाङलाईअवैध लागूऔषधगाँजाकरिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहितप्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाटखटिएको प्रहरीले उनकोकोठातलासीगर्दा उक्तलागूऔषध फेलापारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, धरानउपमहानगरपालिका–२ भानु चोकबाटअवैध लागूऔषधब्राउनसुगरजस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका–५ सतिसालेबस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडाप्रहरीकार्यालय धरानबाटखटिएको प्रहरीले बरगाछीबाटभानुचोकतर्फ आउँदै गरेको बा.८० प१२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्तपदार्थ सहितपक्राउ गरेको हो ।कैलाली, टिकापुर नगरपालिका–२ बाटअवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिनेपदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार रातिप्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेहरूमा सोहीनगरपालिका–१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरतकुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिनभण्डारी र सोहीनगरपालिका–२ बस्ने२३ वर्षीय निराजन रावल रहेका छन् । इलाकाप्रहरी कार्यालय टिकापुरबाटखटिएकोप्रहरीले उनीहरूलाई उक्तपदार्थ सहितपक्राउ गरेको हो ।
यस सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Last updated:2024 Nov 01 Friday 11:37:04

प्रतिक्रिया
सम्बन्धित समाचार