उपहार न्यूज
कात्तिक १६ उदयपुरको चौदण्डिगढी नगरपालिकाको मदन भण्डारी राजमार्गमा शुक्रबार सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टार बजार नजिकै रहेको द्वार खोला पुल संगैको मोडमा भएको दुर्घटनामा परि चौदण्डिगढी नगरपालिका २ का तिलक राईको मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका २ कै शरण राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।