काठमाडौं । देशका केही भू–भागमाआज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमावर्षा तथाउच्च पहाड र हिमाली क्षेत्रमाहिमपातको सम्भावना रहेको हो । जलतथा मौसम विज्ञान विभागकाअनुसार आजबिहान देशका पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमाआंशिकबदलीदेखि मौसममुख्यतया सफा रहेको छ । विभागले दिउँसो पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमाआंशिकबदलीदेखि मौसममुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागकाथोरै तथाबाँकीप्रदेशका पहाडी भू–भागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशकाउच्च पहाडी तथाहिमाली भू–भागकाथोरै स्थानमाहल्काहिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमाआंशिकबदलीदेखि मौसममुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागकाएकदुई स्थानमाहल्का वर्षाको सम्भावना छ । हालदेशभर पश्चिमीवायु र पहाडी भू–भागमा स्थानीयवायुको आंशिकप्रभाव रहेको विभागले जनाएको छ ।