Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ह्याबिटेडद्धारा विपद प्रभावितहरुलाई राहत वितरण

  • उपहार न्यूज
  • बिहिबार, असोज २४ २०८१
ह्याबिटेडद्धारा विपद प्रभावितहरुलाई राहत वितरण

उपहार न्यूज
उदयपुर असोज २४
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ र १५ का स्थानिय विपद प्रभावितहरुलाई ह्याबिटेड फर हुमनिटि नेपालले गैर खाद्य सामाग्री राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १४ का ६ र वडा नम्बर १५ का १५ परिवारलाई सेल्टर किट प्रदान गरिएको ह्याबिटेड फर हुमनिटि नेपाल अन्तर्गत सुरक्षित आवास परियोजनाका कार्यक्रम प्रमुख ध्रुब कार्कीले बताउनु भयो । ह्याबिटेडको साझेदार संस्था हुरण्डेक उदयपुरका अध्यक्ष शंकर थापा, त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, नेपाल रेडक्रस सोसाईटी उदयपुरका अध्यक्ष शम्भु पौडेल, त्रिनपा १४ का वडाअध्यक्ष हिमराज मगर लगायतको उपस्तिथीमा राहात सामाग्री वितरण गरिएको हो ।

Last updated:2024 Oct 10 Thursday 07:44:22

प्रतिक्रिया
सम्बन्धित समाचार