उपहार न्यूज
उदयपुर असोज २४
त्रियुगा मिडिया ग्रुपले बडा दशै, दिपावली तथा छठ पर्वको अबसर पारेर त्रियुगा नगरपालिका १० बोक्से समावेशी टोलीका तीन परिवारलाई खाद्यन्न सहित राहत वितरण गरेको छ । त्रियुगा मिडिया ग्रुपले सामाजिक उत्तरदायीत्व वहन गर्ने क्रममा त्रिनपा १० स्थित समावेशी टोलका तीन परिवारलाई चाम, नुन, तेल, दाल, बोइलर कुखुरा र नगद वितरण गरेको छ । बुधबार एक कार्यक्रमका आयोजना गर्दै मिडिया ग्रुपले सो कार्यक्रमको आयोजना गरेको मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले जानकारी दिनु भयो ।
१५ बर्ष अघि उदयपुरको सदरमुकाम गाईघाटमा स्थापना भएको त्रियुगा मिडिया ग्रुप अन्तर्गत त्रियुगा एक्सप्रेस दैनिक, उपहार एफ.एम ९५.४ मेघाहर्ज, त्रियुगा टाइम्स साप्ताहिक र उपहार न्यूज डटकम संचालनमा रहेको छ ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्ष प्रकास कुमार खड्का, युवा समाजसेवी फिरन खड्का, स्थानिय समाजसेवी तथा सरस्वती मावि सिद्धिपुरका प्रअ रित बहादुर मगर, स्थायन भद्रभलाद्मी रेख बहादुर मस्र्याङी मगर, विजय श्रेष्ठ टोल विकास संस्थाका उपाध्यक्ष देवका थापा, सचिव लिला कार्की, कोषाध्यक्ष तुलसा बस्नेत, समावेशी बाल क्लबका अध्यक्ष छवि मगर, त्रियुगा एक्सप्रेसका सम्पादक किरण प्रसाद ढुंगाना, कार्यकारी सम्पादक देवराज राई, उपहार एफ.एमका प्रमुख प्राविधिक गोपाल कृति लगायतको उपस्तिथी रहेको थियो ।
