उपहार न्यूज
उदयपुर असोज २२
बेलका नगरपालिकाको वडा हरुमा गत असोज १२ र १३ गतेको भिषण बर्षा बाट बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरिएको छ । ह्याबिटेड फर हुमनिटि नेपालको सहयोगमा साझेदार संस्था हुरेन्डेक नेपालले वेलका नगरपालिका संगको समन्वयमा बाढी प्रभावितलाई राहात वितरण गरेको हो ।
बेलका नगरपालिकाको वडा नं २ शान्तिनगर बुधबारे बाट बेलका नगर प्रमुख अशोक कार्की, हुरेण्डेक नेपाल उदयपुरका प्रमुख सल्लाहकार तथा पुर्व नगर प्रमुख दुर्गा कुमार थापा (सोस्ति), ह्याबिटेड फर हुमनिटि नेपालका प्रतिनिधि बिजय प्रसाद गुप्ताले बाढी प्रभावित परिवारलाई संयुक्त रुपमा राहत सामग्री बितरण गर्नु भएको हो । नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा ८१ घरधुरी लाई प्रति घर ओछ्याउने म्याट थान–१, ब्ल्याङकेट थान–१, त्रिपाल थान–१ लगायतका सामग्रीहरु बितरण गरिएको थियो । बेलकामा जम्मा १११७ घर परिवार बाढी/डुबान बाट प्रभावित भएको हुदा बिभिन्न सामाजिक संस्थाहरु लाई सहयोगका लागी नगर सरकारको तर्फ बाट आह्वान गरिए बमोजिम विभिन्न सहयोगहरु प्राप्त भै रहेको नगर प्रमुख अशोक कार्कीले बताउनु भयो । यसै क्रममा पुनः अर्को पटक पन्ध्र हजार बराबरको जिन्सी सामग्री र घर पुनःनिर्माण गर्नु पर्ने परिवार लाई दाता संस्था संग समन्वय गरी ५० हजार दुई किस्तामा गरेर उपलब्ध गराउने हुरण्डेक उदयपुरका प्रमुख सल्लाहकार दुर्गा कुमार थापाले बताउनु भयो । ह्याबिटाट फर हुमनिटि नेपालका कार्यक्रम प्रबन्धक बिजय प्रसाद गुप्ताले संस्थाले नेपालमा बिगत २७ बर्ष देखी निरन्तर यस्तै बिपद ब्यवस्थापनमा काम गर्दै आएको बताउनु भयो ।




