Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आफ्नै श्रीमतीको हत्या गरी टाउको बोकी हिड्ने पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, असोज २२ २०८१
आफ्नै श्रीमतीको हत्या गरी टाउको बोकी हिड्ने पक्राउ

उपहार न्यूज
उदयपुर असोज २२
मंगलबार साझ आफ्नै श्रीमतीको टाउको काटेर हातमा बोकेर हिड्ने उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका ४ लखनडाँडा घरभई त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजले बजारमा डेरा गरि बस्ने जङ्गबहादुर तामाङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले जनाएअनुसार मंगलबार साँझ उनले आफ्नो श्रीमती प्रमिला तामाङको हत्या गरेको थियो । जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरि प्रहरीमा गएको बुझिएको छ ।
हालसम्म श्रीमतीको हत्या गर्नुपर्ने कारण खुल्न नसकेको प्रहरी बताउँछन् । तर, स्थानीयहरुको अनुसार उनिहरुको केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । हाल जङ्गबहादुरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Last updated:2024 Oct 08 Tuesday 15:14:14

प्रतिक्रिया
सम्बन्धित समाचार