Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विपद प्रभावित क्षेत्रमा मलम लगाउदै एमाले उदयपुर

  • उपहार न्यूज
  • सोमबार, असोज २१ २०८१
विपद प्रभावित क्षेत्रमा मलम लगाउदै एमाले उदयपुर

उपहार न्यूज
उदयपुर असोज २१
गत असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाका कारण प्रभावित भएको क्षेत्रहरुमा तत्काल तथा दिर्घकालिनरुपमा सम्बोधन गर्नु पर्ने राहत तथा पुनस्र्थापनाको लागि नेकपा एमाले उदयपुरले पहल थालनी गरेको छ । नेकपा एमाले उदयपुरले विपद प्रभावित क्षेत्रहरुमा स्थलगतरुपमा अवलोकन गरी क्षतीको अध्यायन गरे संगै ती क्षेत्रहरुमा आफ्ना सबै संयन्त्र मार्फत राहात तथा पुस्र्थापनाको लागि लागी परेको सोमबार गाईघाटमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अविरल बर्षा संगै नदि तथा खहरेहरुमा पानीको सहत बढ्दा उत्पनन विपदबाट उदयपुरमा ठूलो क्षती वेहोर्नु परेको थियो । खोटाङ जिल्लाको लाईफ लाईनको रुपमा रहेको उदयपुरको रौतामाई गाउँपालिका ५ फोक्सिङटार स्थित सुनकोशी नदीको पक्कीपुल बगाएको थियो ।
सुनकोसी नदिमै आएको बाढीको कारण सुनकोशी नदिमा रहेको आधा दर्जन झोलुङेपुलमा क्षती पुगेको साथै सहयौ विगाह र रोपनी खेती योग्य जमिनहरु बगाएको तथा कटान गरेको अवलोकनबाट पाईएको नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो ।
अविरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका १ का हिसिला तामाङ, कोशीको भङगालोमा परेर वेलका नगरपालिका ३ का प्रकास लिम्बुको मुत्यु र कटारी नगरपालिका १ सिस्नेरीका जयराम थापा कमला नदीले बगाएर बेपत्ता भएको एमाले उदयपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एमालेले बाढी तथा पहिरोका कारण धनजनको क्षती भोगेका परिवारको लागि राहत, पुनर्बासको व्यवस्थापन, अबरुद्ध सडकहरु सुचारु गर्नुपर्ने, खानेपानीको पाइपहरुको तत्काल व्यवस्थापन गरी मर्मत गर्नु पर्ने, झोलुङेपुलहरुको मर्मत संभार गर्नु पर्ने आवश्यक्ता देखिएको जनाएको छ ।
एमाले उदयपुरले राहत, उद्धार, पुनस्र्थापना र पुन निर्माणको लागि आफुहरुले पहल समेत सुरु गरेको पार्टी अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो ।
विपदले निम्त्याएको क्षतिले चाडवाडको समयमा राजमार्गमा यातायात अबरुद्ध यातायात सुचारु गर्न, घाईतेहरुको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारहरुलाई राहत तथा क्षतिग्रस्त भएका घर परिवारहरुको तत्काल पुर्नस्थापना गर्न संघ प्रदेश र स्थानिय सरकारको ध्यानकर्षण गराएको जनाएको छ । नेकपा एमाले उदयपुरले उदयपुर संघिय निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको पोलिटव्यूरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य अम्बिा थापा कोशी प्रदेश कमिटि सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्बर २ का सांसद अम्बर बहादुर रायमाझी, कोशी प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य गीतादेवी रेग्मी, जिल्ला अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उप सचिव हेम खड्का, गंगा राई, जिल्ला कमिटिका सदस्यहरु, जिल्ला खानेपानी र सिचाई डिभिजन उदयपुर तथा मिर्चैया कटारी घुर्मी, मदन भण्डारी सडक आयोजना, गाईघाट दिक्तेल सडक आयोजनाहरुको ईन्जियनर र प्राविधिक, स्थानिय तहका जनप्रतिनिधिको टोलीले स्थलगत रुपमा अध्यायन तथा अवलोकन गरेर क्षतीको विवरण समेत संकलन गरिएको नेकपा एमाले उदयपुरका सचिव टेक बहादुर राउतले बताउनु भयो ।
पत्रकार सम्मेलनमा पार्टीका पोलिट व्यूरो सदस्य तथा संविधान सभा सदस्य मञ्जु चौधरी, नेकपा एमाले केन्द्रिय सदस्य अम्बिका थापा तथा उदयपुर क्षेत्र नम्बर २ का सांसद अम्बर बहादुर रायमाझीले स्थलगतरुप आफुहरुले उदयपुरमा विपदको अबस्थाको तथ्यांक संकलन गरेको र तत्कालै पार्टी र जनवर्गीय संगठनहरुबाट राहतको प्याकेज लग्ने कार्यक्रम रहेको बताउनु भयो ।
विपद प्रभावितहरुको तत्काल र दिर्घकालिन पुनस्थापनाको लागि सरकार संग समेत विशेष पहल गर्न आफुहरु लागि परेको समेत बताउनु भएको थियो । पत्रकार सम्मेलनमा एमाले उदयपुरका अध्यक्ष भागवत राउत सहित, नेकपा एमाले उदयपुरले उदयपुर संघिय निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको पोलिटव्यूरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य अम्बिा थापा, पार्टीका केन्द्रिय सल्लाहकार वैकुण्ठ दाहाल, कोशी प्रदेश कमिटि सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्बर २ का सांसद अम्बर बहादुर रायमाझी, कोशी प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य गीतादेवी रेग्मी, प्रदेश सदस्य सिता पौडेल, जिल्ला अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उप सचिव हेम खड्का, गंगा राई, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई तथा पार्टीका जिल्ला तथा नगरका नेताहरुको सहभागीता रहेको थियो ।

Last updated:2024 Oct 07 Monday 16:32:14

प्रतिक्रिया
सम्बन्धित समाचार