उपहार न्यूज
उदयपुर असोज २१
प्रेस काउन्सील नेपालको पछिल्लो पत्रपत्रिकाको वर्गीकरण नतिजा अनुसार उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिक पत्रिका “क” श्रेणीमा वर्गीकृत भएको छ । यो संगै उदयपुरबाट प्रकाशन हुने छापा दैनिक पत्रिकाको इतिहासमा त्रियुगा एक्सप्रेस उदयपुरको पहिलो “क” श्रेणीको पत्रिकाको रुपमा वर्गीकरणमा पर्न सफल भएको हो ।
२०६९ साल देखि उदयपुर सदरमुकाम गाईघाटबाट निरन्तर प्रकाशन हुदै आएको त्रियुगा एक्सप्रेस दैनिक विश्वराज तामाङ प्रकाशक, किरण प्रसाद ढुंगना सम्पादक, देवराज राई कार्यकारी सम्पादक रहेर प्रकाशन हुदै आएको छ ।
प्रेस काउन्सीलको आर्थिक बर्ष २०७८/०७९ को सार्वजनिक नतिजा अनुसार उदयपुृरबाट प्रकाशन हुने दैनिक पत्रिकाहरु उदयपुर सिम्रिक दैनिक (हाल रौतामाई दैनिक) र गढीखबर दैनिक “ख” श्रेणीमा वर्गीकरणमा परेको छ ।
त्यसैगरी साप्ताहिक तर्फ त्रियुगा टाइम्स साप्ताहिक, नागकिक आव्हान साप्ताहिक, हाम्रो वेलका साप्ताहिक, पूर्णपुष्टि साप्ताहिक, पूर्वतारा साप्ताहिक, हाम्रो खबर साप्ताहिक, सगरमाथा खबर साप्ताहिक, पूर्वक्षितिज साप्ताहिक पत्रिका “ख” श्रेणीमा वर्गीकृत भएको छ । त्यसैगरी उदयपुरबाटै प्रकाशन हुने दुर्गम एक्सप्रेस साप्ताहिक, दुरदर्शी साप्ताहिक र चौदण्डिगढी साप्ताहिक “ग” श्रेणीमा वर्गीकरणमा परेको छ ।
