Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा तोकिएको भाडादर कायम हुने

  • उपहार न्यूज
  • बिहिबार, असोज १० २०८१
उदयपुरमा तोकिएको भाडादर कायम हुने

उपहार न्यूज
उदयपुर असोज १०
चाडपर्व नजिकिदै गर्दा यातायात व्यवसायीहरुबाट यात्रुले तोके भन्दा बढि भाडादर बुझाउनु पर्ने गुनासो आउन नदिनको लागि जिल्लामा तोकिएको भाडादर कायम गर्न स्थानिय व्यवसायीहरु सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा बिहिबार सम्पन्न सर्वपक्षिय छलफलले चाडपर्व नजिकिदै जाँदा यात्रु तथा सवारीको चाँप बढ्ने हुनाले टिकट बुकिङलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा यातायात व्यवसायीहरुले तोकिएको अनुसारको मात्रै भाडादर लिने तथा भाडादर सवारी साधनमा देखिने गरी टास गर्ने भएको छ । चाडपर्व नजिकिदै गदाँ यात्रुहरुले विभिन्न किसिमबाट सास्ती खेप्नु पर्ने समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले बिहिबार सर्वपक्षिय छलफलको आयोजना गरेको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, सेनाको पशुपती प्रसाद गण प्रमुख शिव वाग्ले, शसस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान उपरिक्षक कुमार बुढाथोकी , जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्तोष कार्की, यातायात व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख गोपाल दाहाल, जिल्ला ट्राफिक प्रहरी उदयपुरका प्रमुख दधिराम दाहाल, हिमाली यातायात व्यवसायी केन्द्रका अध्यक्ष ओमभक्त मैनाली महसचिव उमेश बस्नेत, स्थानिय तहका प्रतिनिधि, पत्रकार लगायतको उपस्तिथीमा सार्वजनिक यातायातको भाडादरलाई व्यवस्थित गर्ने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि छलफल गरिएको थियो ।
छलफलको क्रममा हिमाली यातायात व्यवसायी केन्द्रका महासचिव उमेश बस्नेतले राज्यले तोकेको निति नियम अनुसार यातायात व्यवसायीहरु आफ्नो व्यवसाय संचालन गर्नका लागि तयार रहेको बताउनु भयो । उहाँले यातायात क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि प्रशासन तथा सुरक्षा निकायबाट पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो । पछिल्लो समय मदन भण्डारी राजमार्गमा सवारी चाप बढ्दै जाँदा सवारी दुर्घटनाका घटनाहरु समेत बढ्दै जाने भएकाले त्यसको नियन्त्रण गर्नका लागि समेत विशेष सुरक्षा योजना निर्माण गर्नु पर्ने बैठकमा सहभागीहरुले जोड दिएका थिए ।
यता जिल्लाका पहाडि क्षेत्रमा संचालन हुने बोलेरोहरुमा क्षमता भन्दा बढि यात्रु र सामाग्रीहरु ढुवानी गर्ने क्रम बढेकाले त्यसबाट उत्पन्न हुन सक्ने संभावित जोखिम नियन्त्रणको लागि समेत प्रशासनले विशेष कदम चाल्नु पर्नेमा जोड दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट आयोजित बैठकले चाडपर्वको समयमा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने तथा जिल्लामा संचालित मुख्य राजमार्गहरु मदन भण्डारी राजमार्ग र गाईघाट दिक्तेल सडकलाई संचालनका लागि संबन्धित सडक आयोजनाले व्यवस्थित गर्नु पर्ने तथा जिल्लाका ग्रामिण क्षेत्रका पालिकाहरुलाई सहज ढंगले यातायात संचालनको लागि पालिकाहरुले समेत मर्मत संभार गर्नका लागि पहल गर्ने निर्णय भएको सायहक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

Last updated:2024 Sep 26 Thursday 10:30:03

प्रतिक्रिया
सम्बन्धित समाचार