उपहार न्यूज
गाईघाट असोज १०
युवा पुस्ता माझ लोकप्रिय फेशन ब्राण्डहरुको साथमा गाईघाटमा फेसन प्लाजाको नयाँ आउटलेट सुरु गरेको छ । बिहिबार एक कार्यक्रमका विच त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले फेसन प्लाजाको नयाँ आउटलेटको रिवन काटेर उद्घाटन गर्नु भएको छ ।
युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको कपडा तथा जुत्ता चप्पलको ब्राण्ड सहित सुरु गरिएको फेसन प्लाजामा डाक्टर डेनिम, एलभिडि, केटिएम, पोइजन जिन्स, ब्लाक वर्ड, निकेड जिन्स, केटिएम जिन्स, डिआरजे डेनिम, ब्लाक हर्ष सुज लगायतका ब्राण्डहरु राखिएको फेसन प्लाजाका संचालक सदाब खानले बताए ।
प्लाजामा पुरुष तथा महिला तथा बालबालिकाहरुको लागि विभिन्न ब्राण्डहरु राखिएको छ । उद्घाटनको अबसरमा एक हप्ता सम्मको लागि सम्पूर्ण ब्राण्डमा २० प्रतिशत सम्म छुटको व्यवस्था रहेको संचालक सदाब खानले बताउनु भयो । प्लाजामा अन्तराष्ट्रिय ब्राण्डका फस्ट कपि प्रोडक्टहरु समेत राखिने बताउनु भयो । यस अघि लाहान, गोलबजार लगायतका स्थानमा फेसन प्लाजाले स्थानिय ग्राहकहरुको मन जित्दै व्यवसाय संचालन गर्दै आएको छ । गाईघाटमा पनि स्थानिय ग्राहकहरुबाट साथ सहयोग पाउनेमा आफु विश्वस्त रहेको संचालक खानले बताउनु भयो ।