Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा स्थानिय तह कर्मचारी युनियनको कार्यालय स्थापना

  • उपहार न्यूज
  • शनिबार, असोज ५ २०८१
उदयपुरमा स्थानिय तह कर्मचारी युनियनको कार्यालय स्थापना

उपहार न्यूज
उदयपुर असोज ५
उदयपुरमा नेपाली कांग्रेस निटक स्थानिय तह कर्मचारी युनियन नेपाल उदयपुरको जिल्ला कमिटि गठन संगै कार्यालय स्थापना गरिएको छ । स्थानिय तहमा कार्यरत लोकतन्त्रवादी कर्मचारीहरुको हक, हित र अधिकारको लागि स्थापना गरिएको युनियनको शुक्रबार एक कार्यक्रमका विच नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती तथा उदयपुर प्रदेश सभा १ (ख) का सांसद हिमाल कार्कीले कार्यालयको उद्घाटन गर्नु भएको हो । गत असार १ गते आयोजित प्रथम जिल्ला अधिवेशनबाट भुपध्वज रायामाझीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको थियो ।
समितिको उपाध्यक्षमा कुमासिंह थापा, राज्यलक्ष्मी देवी सचिवमा प्रमोद ढुंगाना, कोषाध्यक्षमा भिमादेवी आचार्य, सह सचिवमा परमानन्द राजधामी, सह कोषाध्यक्षमा नेत्र बहादुर विक त्यसैगरी सदस्यहरुमा तुल बहादुर थापा, यज्ञराज श्रेष्ठ, विनोद श्रेष्ठ, रस्मिता थापा, केशव थापा, सन्तोष साह, रामु चौधरी र लिलाभक्त कार्की रहेका छन् । यता सल्लाहकारहरुमा राजकुमार खड्का, पुष्पकुमार थापा जयन्तीकला तामाङ, कर्णशेर राई र देवेन्द्र हमाल रहेका छन् । कार्यक्रममा नवनिर्वाचित समितिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा पार्टी सभापती हिमाल कार्की संगै, त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, रौतामाई गाउपालिका उपाध्यक्ष भुपेन्द्र थापा, महाधिवेशन प्रतिनिधि सरिता राई, कांग्रेस प्रदेश सभापती सरोज बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, त्रियुगा नगरपालिका ११ का वडाअध्यक्ष सुमन्त कोइराला, कांग्रेस उदयपुरका सभापती भिमचन्द्र राई लगायतको उपस्तिथी रहेको थियो । कर्मचारीकोहरुको मर्म र भावना अनुरुप संगठनलाई आगामी दिनमा अझ सशक्त ढंगले चलायमान बनाएर अघि बढ्ने युनियनका अध्यक्ष भुपध्वज रायामाझीले बताए ।

Last updated:2024 Sep 21 Saturday 12:53:02

प्रतिक्रिया
सम्बन्धित समाचार