किरण प्रसाद ढुगंना
देउरी असोज ३
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ मा त्रियुगा नगरपालिकाले बिहिबारबाट नगर अस्पताल संचालनमा ल्याएको छ । ५ वेड क्षमताको अस्प्तालको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले
त्रियुगाबासिलाई गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच पुर्याउन नगर अस्पताल निर्माण गरिएको बताउनु भयो । जनतालाई संबिधानले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार छ त्यो अधिकार जनता माझ पु¥याउने दायित्व स्थानिय सरकारको पनि भएको नगर प्रमुख बस्नेतले बताउनु भयो । त्रियुगा नगरमा पर्ने जिल्ला अस्पताल संगै नगर अस्पतालको स्तरउन्नती गर्दै अघि बढ्ने बताउनु भयो । त्यसैगरि नगर उपप्रमुख महेश्वरी राईले नगर अस्पताल स्थानिय सरकारको मात्र नभै जनताको पनि अस्पताल रहेको बताउनु भयो । नगर अस्पताल सन्चालन कार्यबिधिमा भएको सबै सेवाहरु नगर अस्पतालबाट पाउन सकिने उपप्रमुख राईले बताउनु भयो।
त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरिमा संचालित स्वास्थ चौकिलाई ५ बेडको नगर अस्पतालमा स्तरोन्नति गरिए संगै देउरीमा नगर असप्ताल संचालनमा ल्याईएको हो । त्रियुगा नगर अस्पतालबाट मेडिकल अधिकृतको सेवा सहित ओपिडी सेवा, ल्याब सेवा, २४ सै घन्टा ईमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, गर्भवती महिलाहरुको लागि अल्ट्रासाउन्ड सेवा, एक्स रे सेवा, मानसिक बिरामीहरुको लागि निशुल्क औषधि, २४ सै घन्टा प्रसुती सेवा सन्चालन गरिएको नगर अस्पताल ब्यवस्थापन समितिका सदस्य एवम वडा नम्बर ५ का वडा अध्यक्ष उद्धव कुमार थापाले बताउनु भयो।
संविधान दिवसको अवसर पारेर नगर अस्पतालको उद्घाटन गरिएको कार्यक्रममा निशुल्क अँखा शिविर, रक्तदान कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा वडा ५ मा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्रीहरु बितरण गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको पशुपती प्रसाद गणका गणपती शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगी, शसस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, त्रियुगा नगरपालिकाको विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु राजनितिदलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्यकर्मी, पत्रकारहरु, स्थानिय बासिहरुको बाक्लै उपस्थिती रहेको थियो । कार्यक्रममा वडा ५ मा रहेका विभिन्न बिधालयहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।