Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

स्थानिय तहको संस्थागत स्वमुल्याङकनमा कटारी नगरपालिका उदयपुरमा प्रथम प्रदेशमा चौथो

  • उपहार न्यूज
  • शनिबार, भाद्र ८ २०८१
स्थानिय तहको संस्थागत स्वमुल्याङकनमा कटारी नगरपालिका उदयपुरमा प्रथम प्रदेशमा चौथो

विश्वराज तामाङ
उदयपुर भाद्र ८
स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरको कटारी नगरपालिका जिल्लाका आठ स्थनिय तह मध्यमा प्रथम भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयले शुक्रबार सार्वजनिक गरेको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजा अनुसार कटारी नगरपालिका उदयपुरमा प्रथम तथा कोशी प्रदेशका १३७ स्थानिय तह मध्यमा चौथो स्थानमा पर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७९/०८० को मुल्यांकन अनुसार कटारी नगरपालिको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) को विभिन्न सूचकहरु पुरा गर्दै ८५ अंक प्राप्त गर्न सफल भएको छ । कोशी प्रदेशमा इलाम नगरपालिकाले ८९.५० सहित प्रथम, ८८.२५ सहित सुर्योदय नगरपालिका दोस्रो र ८५.५० अंक प्राप्त गर्ने कनकाई नगरपालिका झापा तेस्रो स्थानमा छ ।
लिजाको सूचक अन्तर्गत प्रशासकीय प्रबन्ध, सांगठनिक तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थपन, सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातवरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयको सूचकमा आधारित रहेर स्वमुल्यांकन हुने गर्दछ ।
स्थानिय तहको स्वमुल्यांकन अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिकाले ७८.५० अंक हासिल गरेको छ त्यसैगरु िचौदण्डिगढी नगरपालिकाले ७६.५०, उदयपुरगढी गाउँपालिकाले ७६.५०, त्रियुगा नगरपालिकलो ७२, वेलका नगरपालिकाले ६८, लिम्चुङबुङ गाउँपालिकाले ६६.२५ र ताप्ली गाउँपालिकाले ६० अंक प्राप्त गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको अन्तिम नतिजामा प्रकाशित गरिएको छ । मूल्यांकन अनुसार सबै भन्दा कम अंक सोताङ गाउँपालिका सोलुखुम्बुले २७.२५, लिखुपिके गाउँपालिका सोलुखम्बुले ३३.७५ प्राप्त गरेका छन् ।

Last updated:2024 Aug 24 Saturday 15:11:12

प्रतिक्रिया
सम्बन्धित समाचार