शंकर रिखाम मगर-
उदयपुर, भदौ ५ ।
उदयपुरको ताप्लि गाउँपालिका वडा नम्बर– ३ मा कार्यरत सम्पूर्ण सरोकारवालाहरुलाई २ दिने बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिममा बालअधिकार समिति, टोल विकास संस्था, बालक्लव, बालसंजाल, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकालगायत वडा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
तालिममा नेपाल सरकारले २०८७ सालभित्र सिंगो देशलाई बालमैत्री घोषणा गर्ने लक्ष्य र उद्देश्य लिएको सन्दर्भमा संस्थाहरु गाउँ गाउँमा बालमैत्री व्यवस्थाका लागि जुटेका हुन् । तालिममा सहभागिहरुले आफ्नो वडालाइ विभिन्न बालमैत्री अभियानका साथ ५ बिधामा रहेका बाल बचाऊ, बाल संरक्षण, बाल सहभागिता, बालविकास र संस्थागत विकास अन्तर्गत पर्ने ५१ सूचकहरु चाँडै पूरा गरी आउदो मंसिरभित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ अगाडि बढ्दै गरेको कार्यक्रमका अध्यक्ष तथा ताप्ली गाउँपालिका ३ का वडा अध्यक्ष रंगमान तामाङले बताए ।
बालमैत्री स्थानीय शासन दिगोपनाका र निरन्तरका लागि ताप्ली ३ बाट सम्पूर्ण सरोकारवालाहरुले प्रतिवद्धता व्यानरमा सामुहिक हस्ताक्षर पनि गरेका थिए छ । त्यसैगरी बालमैत्री घोषणा तयारीका लागि ताप्ली गाउँपालिका वडा नम्वर ३ र रौतामाइ गाउँपालिका वडा नम्वर ६ का सम्पूर्ण बालक्लवका र बालसंजालका प्रतिनिधिहरुलाइ बालक्लव व्यवस्थापन तथा क्षमता अभिवृद्धी सम्बन्धी कार्यशाला सम्पन्न गरी सकेकोछ । २ दिने तालिम तथा कार्यशालाहरु केशबकुमार राया र शंकरबहादुर रिखामले सहजिकरण गरेका थिए ।