उपहार न्यूज
कटारी श्रावण ३०
उदयपुरको कटारी नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैयाको बजेट सार्वजनिक गरेको छ । श्रावण २७ गते नगरपालिकाको १३ औ नगर सभाले सो बराबरको बजेट ल्याएको बुधबार कटारी नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो । असार १० मा नै बजेट, निति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि विभिन्न प्राविधिक कारणले गर्दा कटारी नगर सभा श्रावण २७ गते भएको हो । श्रावण २७ गते आयोजित नगर सभामा कटारी नगर उपप्रमुख गीता खड्काले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षको लागि ल्याईएको बजेट अन्तर्गत आन्तरिक श्रोतबाट ४ करोड १९ लाख, स्थानिय तह राजश्व बाँडफाड मालपोत रजिष्ट्रेशन बाट १ करोड ८० लाख, ढुंगागिटि दहत्तर बहत्तरबाट ६० लाख, विज्ञापन करबाट २ लाख ५० हजार, मनोरञ्जन कर वापत १० लाख, गत आर्थिक बर्षको मौज्दात १ करोड २७ लाख ३८ हजार ८ सय ४३ रुपैया सहित आन्तरिक स्रोत वाट ७ करोड ९८ लाख ८८ हजार ८ सय ४३ रुपैया अनुमान गरिएको छ ।
त्यसैगरी संघिय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अुनदान तर्फ १० करोड ९९ लाख, सशर्त अनुदान ४२ करोड ३६ लाख ७७ हजार, समपुरक अनुदान १ करोड १० लाख, विशेष अनुदान १ करोड २० लाख, राजश्व वाडफाड संघ तर्फको १६ करोड ५७ लाख गरी कुल ७२ करोड २२ लाख ७७ हजार प्राप्त हुनेछ । त्यसैगरु िप्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान ६६ लाख १६ हजार, सशर्त अनुदान २ करोड ४८ लाख ९६ हजार, समपुरक अनुदान १ करोड ३० लाख र राजश्व बाडफाड प्रदेश तर्फको २ करोड १४ लाख ८७ हजार गरी कुल ६ करोड ५९ लाख ९९ हजार प्राप्त हुने लक्ष्य राखिएको छ ।
यता पछिल्लो समय कटारी नगरपालिकाको एक करोड ७६ लाख खर्चको बिषयमा नगरप्रमुखले अनियमितता गरेको भन्ने आरोप तथा टिक्का टिप्पणीको बिषयलाई लिएर नगर प्रमुख श्रेष्ठले सो बिषय प्रति खेद प्रकट गर्नु भएको छ । उहाँले पत्रकार सम्मेलनमा बोल्दै १ करोड ७६ लाख बजेट नगरपालिकाको आवश्यक्ताको आधारमा सहि ठाउँमा खर्च भएको यति १ रुपैया पनि नगर प्रमुखबाट अनियमितता भएको पुष्टि भए जस्तो सुकै कारवाहि भोग्न पनि तयार रहेको बताउनु भयो ।
उहाँले व्यक्तिगत तथा राजनैतिक प्रतिशोध साध्नको लागि विभिन्न कपोकल्पीत भ्रम छर्ने काम भै रहेको प्रति नगरबासीलाई सो बिषयमा सचेत भएर सत्य तथ्य बुझ्नको लागि समेत आव्हान गर्नु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले नगर सभा सम्पन्न भए पछि प्रमुख प्रशासकीय अधिकृत माइन्युट लिएर फरार भयो भन्ने हल्ला चलाएको प्रति समेत आफ्नो ध्यानकर्षण भएको बताउनु भयो । अधिकृत भट्टराईले नगर सभाको बैठक पुस्तीकाको संरक्षण गर्ने दायित्व सभाको सचिव भएकाले आफ्नो रहेकाले विधिवत रुपमा नगर सभा सम्पन्न भए पछि माइन्युट सभा स्थलबाट कार्यालयमा सुरक्षित राखेर कार्यालयबाट निस्केको बताउनु भयो । नगर सभा सकिए पछि माइन्युट कार्यालयमा राखेर निस्कीए पछि प्रमुख प्रशासकीय अधिकृतले माईन्युट लिएर फरार भयो भन्ने हल्ला भएछ म आफै चकित भए भट्टराईले पत्रकारहरु माझ बताए ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले एक करोड ७६ लाख रकम नगरपालिकामा स्रोत अनुमान भन्दा बढि रकम आएकाले नगर प्रमुखले कार्यक्रम बनाएर खर्च गर्न पाउने कानुनी व्यवस्था भएकाले सोहि बमोजिम खर्च गरिएको समेत स्पष्ट पार्नु भयो ।