Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जलजलेमा प्रहरीको नागरिक सुनुवाई

  • उपहार न्यूज
  • सोमबार, असार २५ २०८१
जलजलेमा प्रहरीको नागरिक सुनुवाई

किरण प्रसाद ढुंगाना
उदयपुर असार २४
जिल्ला प्रहरी कार्यलय उदयपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी सेवा प्रवाहमा नागरिकको सुझाव लिन, सुझाव गुनासाहरु लिई प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन नागरिक सुनुवाईको आयोजना गरिएको ईलाका प्रहरी कार्यलय जलजलेका प्रमुख घनश्याम पोखरेलले बताए। कार्यक्रममा वडा नम्बर ५,६ का नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको जवाफदेही बक्तामा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी रमेश थापा रहनु भएको थियो । अतिथिमा सशस्त्र प्रहरी बलका प्रमुख सरोज सिंह बस्नेत, उप अनुसन्धान निर्देशक कुमार बुढाथोकी ६ नम्बर वडाका अध्यक्ष योगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो। नागरिक सुनुवाईमा उठेका सवालको जवाफ दिदै प्रमुख बक्ता प्रजिअ हरि प्रसाद घिमिरेले नागरिकको शान्ति सुरक्षामा कुनै किसिमको कमि हुन नदिने त्यसका लागि नागरिकले पनि सहयोगी भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो। समाजमा भएका अपराधिक घटनाहरु, बिपद हुन नदिन समयमै सुरक्षा निकायलाई जानकारी दिनलाई अनुरोध गर्नु भयो। अर्का बक्ता उदयपुर प्रहरी प्रमुख रमेश थापाले नागरिकहरुको जिज्ञासा्को जवाफ दिदै उदयपुरमा नेपाल प्रहरीले लागू पदार्थ दुर्वसन न्यूनीकरण, घरेलु हिंसा, अपराध रोक्नको लागि समुदायमा सचेतना सम्बन्धि विभिन्न कार्यक्रम चलाईरहेको जानकारी दिनु भयो। प्रहरी प्रमुख थापाले समाजमा चोरी डकैती सम्बन्धि विभिन्न भ्रम फैलिएको छ। हालसालै उदयपुरमा कुनै पनि चोरी डकैती सम्बन्धी घटना नघटेकोले भ्रममा नलाग्न समेत जानकारी दिनु भयो। उहाँले प्रहरी प्रती कुनै पनि गुनासा छन भने वडाकार्यलयमा रहेको प्रहरी कार्यलयको क्युआरकोड लाई स्क्यान गरेर सुचना दिन समेत आग्रह गर्नु भयो। कार्यक्रममा लागू पदार्थ दुर्वसन न्युनिकरण, जेष्ठ नागरिकलाई रास्ट्रीय परिचय पत्र वडाबाटै प्रदान गरिनु पर्ने, सार्वजनिक जग्गाहरुको संरक्षणका लागि सुरक्षा निकायको भुमिका, सार्वजनिक स्थानमा रातको समयमा युवाहरुको जमघटलाई निगरानी गर्नु पर्ने, सिसि क्यामेरा जडान गर्नु पर्ने, प्रहरी गस्ती बढाउनु पर्ने, मिटर ब्याजीलाई कार्वाही , घरेलु हिंसा न्युनिकरण जस्ता बिषयमा सहभागिहरुको चासो रहेको थियो।

Last updated:2024 Jul 08 Monday 13:31:48

प्रतिक्रिया
सम्बन्धित समाचार