Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाइ ६ मा १२ सय सुन्तलाको बिरुवा बितरण

  • उपहार न्यूज
  • सोमबार, असार २५ २०८१
रौतामाइ ६ मा १२ सय सुन्तलाको बिरुवा बितरण

शंकर रिखाम मगर
उदयपुर, असार २४।
उदयपुरको रौतामाइ गाउँपालिका,८ चिसापानीमा १२ सय ग्राफ्टिङ्ग गरिएको सुन्तलाको बिरुवा समुदायलाइ बितरण सम्पन्न गरिएकोछ ।
सुन्तला पकेट क्षेत्र वनाउने उद्देश्यले बोलुङ्खा, निगाले, कर्कुसे, ज्यामिरे, गोगुने, बासबोटे, भाते र रौतामाइ,४ को सेर्के र भदौरेगरि ९ वटा गाउँहरुको कृषकहरुलाइ सुन्तलाको बिरुवा बितरण गरिएको ६ नम्वर वडाका वडा अध्यक्ष पृथ्वीकुमार राइले वताए ।
घनकुटाबाट खरिद गरि ल्याइएको उक्त बिरुवा रौतामाइ गाउँपालिकाबाट धुवानि सहित लाग्ने रकममा ७५ प्रतिशत पालिकाबाट अनुदान र समुदायबाट २५ प्रतिशत व्याहोरिने गरि १ बिरुवा बराबर जम्मा ४० रुपैयाँ मात्र लगानी रहेको अध्यक्ष राइले बताए ।
सुन्तला पकेट क्षेत्र पकेट क्षेत्र भएको कारण उक्त बिरुवा वितरण गरिएको वडा सचिव भिमादेवी आचार्यले वताए ।
ग्राफ्टिङ्ग गरिएको उक्त सुन्तलाको बिरुवा रोपिएको २ वर्ष पछि उत्पादन दिने वडा कृषि प्राविधिक शुसिला रायामाझीले वताए ।
मैले २ वर्ष अगाडि सुन्तलाको बिरुवा प्रतिगोटा ८ सय रुपैयाँले खरिद गरि रोपेकोथिए उक्त बिरुवाबाट यसैपालिको वर्षबाट फल्न सुरु गरेकोछ भने अर्को वर्षबाट बारिमा फल्ने मकै र कोदोलाइ सुन्तलाले फाइदा दिने भएकोले अहिले आएको बिरुवा ४० रुपैयाँमा पाइने भएकोले थप बिरुवा रोप्न लागेको गोगुनेका कृष्ण प्रसाद चौलागाइले वताए ।

Last updated:2024 Jul 08 Monday 13:30:37

प्रतिक्रिया
सम्बन्धित समाचार