उपहार न्यूज
उदयपुर असार १८
उदयपुर जिल्लाको सेरोफेरोमा आधारित रहेर स्थानिय कलाकारहरुले पहिलो पटक रक विधाको गीत सार्वजनिक गरेको छ । होटल व्यवसायी समेत रहेका गायक सन्तोष लम्सालको रचना र संगीतमा घुम्न आयौ हामी साथी भाई बोलको गीत ल्याएका छन् । वी द जेन्टलमेन व्याडको प्रस्तुती स्वरुप आएको गीत सन्तोष लम्साल युट्ब मार्फत सार्वजनिक गरिएको छ । युवा पुस्ता माझ लोकप्रिय मानिने रक विधा मार्फत गाईघाट संगै उदयपुरका पर्यटकीय स्थलहरुको समेत प्रचार तथा आन्तरिक पर्यटनलाई समेत टेवा पुर्याउने उद्देश्यले गीत सार्वजनिक गरिएको छ । गीत संगै सार्वजनिक म्युजिक भिडियोमा सन्तोष लम्साल, सुमन कोइराला, जितेन लामा र पशुपती चौधरीलाई देख्न सकिन्छ । सन्तोष लम्साल भोकलिष्ट रहेको उक्त समुहमा सुमन कोइरालाले रिदम गितार, जितेन लामाले बास गितार र पशुपती चौधरीले ड्रम बजाएका छन् ।
भिडियोमा उदयपुरको कला संस्कृति तथा पर्यटन प्रबद्र्धनलाई विशेषगरी देख्न सकिन्छ, गीत बृज रेकर्ड इटहरीमा रेकर्ड गरिएको गीतको भिडियोभ ने दृश्यालय विराटनगरले निर्माण गरेको हो । होटल व्यवसायी युवाहरु मिलेर निर्माण गरिएको व्याण्ड वी द जेण्टलमेन व्याण्डले आगामी दिनमा पनि यस्ता प्रस्तुतीहरु ल्याउने गायक सन्तोष लम्सालले जानकारी दिए ।