Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङमा आगलागी पिडितलाई राहत प्रदान

  • उपहार न्यूज
  • बिहिबार, असार १४ २०८१
लिम्चुङबुङमा आगलागी पिडितलाई राहत प्रदान

उपहार न्यूज
उदयपुर असार १३
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले वडा नम्बर ५ जातेका स्थानिय आगलागी पिडितहरुलाई राहत प्रदान गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पलाल राई, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, लेखा अधिकृत ताराकिरण राई, वडाअध्यक्ष कविचन्द्र राईको उपस्तिथीमा आगलागी पिडितहरुलाई राहत उपलब्ध गराएको हो ।
गत चैत ९, १७ र १८ गते आगलागीबाट पूर्णरुपमा घर नष्ट भएका स्थानियहरुलाई तेस्रो पटक गाउँपालिकाले वडामा पुगेर राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिनु भयो ।
स्थानिय जीत बहादुर थापा, कटक बहादुर कार्की, मदन खड्का, बीर बहादुर खड्का, वीर बहादुर कार्की, भिम बहादुर कार्की, वयानसिंह राई, वल बहादुर राई, कुमार राई, अमृत तामाङ, नर बहादुर राई, हिरा विक, सरीता राई र नर बहादुर राईको परिवारलाई राहत वितरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष कविचन्द्र राईले जानकारी दिनु भयो ।
आगजानी पिडितलाई पालिकाले प्रेस कुकर, ब्ल्यांकेट, कन्ती, बस्ने म्याट, दुई दुई बराको दरले चामल, दाल, नुन गरी एक महिनालाई पुग्ने राहत प्रदान गरिएको पालिकाले जनाएको छ ।
जातेका आगलागी पिडितलाई यस अघि पनि लिम्चुङबुङ गाउँपालिका, रेडक्रस लगायतका विभिन्न संघ संस्थाहरुले पनि राहत तथा पुस्थापनाको लागि सहयोग गरेको थियो ।

Last updated:2024 Jun 27 Thursday 15:47:34

प्रतिक्रिया
सम्बन्धित समाचार