उपहार न्यूज
उदयपुर असार १२
कोशी प्रदेशका १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी उदयपुरमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्राल कोशी प्रदेश नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले एक साता अघि कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु गरेको थियो ।
ट्राफिक सप्ताहको अबसरमा उदयपुरमा विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ । उदयपुरमा ट्राफिक सचेतना संबन्धि कार्यक्रम, सवारी चालक तथा सह चालकको स्वास्थ्य परिक्षण, लामो तथा छोटो दुरीका सवारी साधनहरुको चेकजाँच लगायतका कार्यक्रमहरु सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोख्रेलले जानकारी दिनु भयो ।
ट्राफिक सप्ताहको समापनको क्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले उदयपुरमा पछिल्लो समय दुर्घटनाको दर बढ्दो अबस्थामा रहेकाले त्यसको न्यूनिकरणको लागि सबै सचेत हुनु पर्नेमा जोड दिनु भयो । विशेषगरी मदन भण्डारी राजगमार्ग सडकको अबस्थाको कारण दुर्घटना दर बढेकाले यसको न्यूनीकरणको लागि स्थानिय तह संगको समन्वयमा कार्यक्रमहरु अघि बढाईएको बताउनु भयो ।
त्रियुगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नविन चौधरीले मदन भण्डारी राजमार्गको सडक निर्माण गर्दा प्राविधिक त्रुटिहरु धेरै भएकाले पनि सडक दुर्घटनाको दर बढेको बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, हिमाली यातायात व्यवसायी संघका उपाध्यक्ष उमेश बस्नेत लगायतकाले ट्राफिक सचेतना बढाउनु पर्नेमा जोड दिनु भयो । कार्यत्रममा यातायात व्यवसायी, तीन पांग्रे सवारी चालक, पत्रकार, प्रहरी लगायतको उपस्तिथी रहेको थियो ।