Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लिम्चुङबुङ गाउँपालिकाको निति एउटै पुस्ता समृद्ध

  • उपहार न्यूज
  • मंगलबार, असार १२ २०८१
लिम्चुङबुङ गाउँपालिकाको निति एउटै पुस्ता समृद्ध

विश्वराज तामाङ
उदयपुर असार ११
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि आफ्नो निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
पालिकाले आगामी आर्थिक बर्षको लागि कुल ३६ करोड १ लाख ६७ हजारको कुल बजेट सोमबार पालिका भवनमा आयोजना गरिएको गाउँ सभामाल सार्वजनिक गरेको हो । पालिकाले लिम्चुङबुङको दिर्घकालिन सोच एउटै पुस्तामा लिम्चुबुङलाई समृद्ध बनाउने निति अवलम्वन गर्दै गाउँपालिकाले आफ्नो निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सभामा गाउँपालिका अध्यक्ष मेजरकुमार राईले विशेषगरी ९ वुदे विशेष रणनिति सहितको निति तथा कार्यक्रmम सार्वजनिक गर्नु भएको छ । पालिकाले मुकुर्ची–पुवारे–डिल्लीबर–माझखर्क–लिम्चुङबुङ–हलेसी जोड्ने र सुनकोशी नदिमा पक्की पुल निर्माणको लागि छिमेकी स्थानिय तह संग समन्वय सहकार्य गरी संघिय तथा प्रदेश सरकार संग निरन्तर पहल गरी हिल साईड पर्यटनको विकास गर्ने । घुर्मी–कुमलटार–लिम्चुङबुङ–वतासे –फोक्सिन्टार–चतरा (कोशी करिडोर निर्माणको लागि छिमेकी स्थानिय तह संग समन्वय र सहकार्य गरी संघिय तथा प्रदेश सरकार संग निरन्तर पहल गरी कोशी पर्यटनको विकास गर्ने निति तय गरेको छ ।
त्यसै गरी गाउँ गाउँमा होस्टे सृजना गरी घर घरमा रोजगारी सृजना गर्ने, लिम्चुङबुङ गाउँपालिकालाई निरन्तर पर्यटनको नयाँ गनतव्यको रुपमा निरन्तर प्रचार प्रसार तथा प्रबद्र्धन गर्ने । प्रत्येक वडा कार्यालय देखि पालिका केन्द्र सम्म बर्ष भरी आवातजावत गर्न सक्ने मुख्य सडकको निर्माण गर्ने, पालिकाको वडा नम्बर ५, ४, २ र १ जोड्ने गरी अध्यक्ष कृषि सडक निर्माण गर्ने, विमा सहित सर्वसुलभ २४ घण्टे स्वास्य सेवा व्यवस्थापन गर्ने । गुणस्तरीय शिक्षा सुनिश्चितताको लागि डिजिटल पूर्वाधारको व्यवस्था सहित जग देखि सुधार गर्ने । कृषि र पर्यटन क्षेत्रलाई एकैसाथ अगाडि बढाई वृहत आन्तरिक रोजगारीको सिर्जना गर्ने मुख्य नितिहरु पालिकाले अवलम्वन गरेको छ ।


पालिकाले यस संगै भौतिक पूर्वाधार तर्फ सडक तथा यातायात, खानेपानी, विद्युत तथा वैकल्पीक उर्जा, भवन तथा शहरी विकास, सूचना तथा संचार, कृषि तथा पशु पंछि विकास, पर्यटन प्रबद्र्धन तथा संस्कृति, उद्योग वाणिज्य तथा बजार व्यवस्थापन, शहरी गरिबि न्यूनीकरण तथा उद्यमशिलता विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, आदिवासी जनजाती, अपांग, युवा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लोपोन्मुख सिमान्तकृत जातजाती, गैर सरकारी संस्था, वन वातवरण तथा विपद व्यवस्थापन, फोहोर मैला तथा सरसफाई, सुशासन तथा संस्थागत विकास, वित्तिय व्यवस्थापनको क्षेत्रमा सुधार तथा विकासको लागि समेत निति अवलम्वन गरिएको गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले जानकारी दिनु भयो ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि गाउँपालिकालाई समृद्ध बनाउनको लागि विभिन्न नयाँ बजेट तथा कार्यक्रम अघि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिनु भयो ।
विषयगत क्षेत्र अन्तर्गत माग र आवश्यक्ताको आधारमा पालिकाले विकास बजेट सार्वजनिक गरेको गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिनु भयो । पालिकाले समग्र गाउँपालिका र वडा वडाको बजेट सहितको कार्यक्रम समेत गाउ सभा मार्फत सार्वजनिक गर्दै वेबसाईटमा समेत राखिएको अधिकृत राईले बताउनु भयो ।

Last updated:2024 Jun 25 Tuesday 14:32:43

प्रतिक्रिया
सम्बन्धित समाचार