Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरगढीको बजेट ८० करोड ८९ लाख २३ हजार

  • उपहार न्यूज
  • सोमबार, असार ११ २०८१
उदयपुरगढीको बजेट ८० करोड ८९ लाख २३ हजार

उपहार न्यूज
उदयपुर असार १०
उदयपुरको उदयपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि कुल ८० करोड ८९ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ । आईतबारबाट उदयपुरगढी गाउँपालिकमा सुरु भएको गाउँ सभाको दोस्रो दिन गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्काले प्रस्तुत गर्नु भएको बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिकाको बजेट चालु तर्फ ५६ करोड ५४ लाख ७१ हजार गरी (६९.९० प्रतिशत) र पुजीगत तर्फ २४ करोड ३४ लाख ५२ हजार (३०.१० प्रतिशत) प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।
संघिय समानिकरण बाट प्राप्त हुने वित्तिय समानिकरण तर्फ १४ करोड ६७ लाख, संघबाट प्राप्त सशर्त अनुदान ३४ करोग १ लाख ९ हजार, प्रदेश वित्तिय समानिकरण ९४ लाख २४ हजार, प्रदेशबाट प्राप्त सशर्त अनुदान १ करोड ८० लाख ७४ हजार, प्रदेश समपुरक १ करोड, संघ तर्फको राजश्व वाडफाड ११ करोड ६३ लाख ३८ हजार, प्रदेश तर्फ राजश्व वाडफाड ६१ लाख ९३ हजार, संघिय विभाज्य कोषबाट प्राप्त हुने ३१ लाख ६० हजार, अनुमानित आन्तरिक आय १ करोड ६४ लाख २५ हजार सामाजिक सुरक्षा १२ करोड स्थानिय पूर्वाधारबाट प्राप्त हुने २ करोड र सडक वोर्ड बाट प्राप्त हुने २५ लाख सहितको बजेट उपाध्यक्ष खड्काले प्रस्तुत गर्नु भएको गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले जानकारी दिनु भयो । यता गाउँपालिकाको निति तथा कार्यक्रम आईतबार गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले प्रस्तुत गर्नु भएको थियो ।

Last updated:2024 Jun 24 Monday 16:27:36

प्रतिक्रिया
सम्बन्धित समाचार