Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा ७ दिने पत्रकारिता तालिम सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, असार ११ २०८१
गाईघाटमा ७ दिने पत्रकारिता तालिम सम्पन्न

अरुण तामाङ/सोनिया खड्का (प्रशिक्षार्थी पत्रकार)
उदयपुर, असार १०
उदयपरको सदरमुकाम गाईघाटमा ७ दिने पत्रकारिता तथा लेखनसिप तालिम आईतवार सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पत्रकार महासंघ उदयपुरको समन्वयमा कोशी प्रदेश उद्योग कृषि तथा साना सहकारी मन्त्रालय अन्तरगत घरेलु तथा साना उद्योग महासंघको आयोजनामा तालिम सम्पन्न भएको हो । स्वदेशी उत्पादन अभियान उद्यमिको सम्मान भन्ने मुल नाराको साथ सुरु भएको तालिममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पत्रकार भोटराज राई, बन्दना दनुवार र तालिम समापनको दिन नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राईले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले हाम्रो समाजमा अन्यायमा परेका नागरिकहरुको न्यायका निम्ति खोज पत्रकारीताको क्षेत्रबाट कलम चलाउन सुझाव दिनुभयो । उप प्रमुख राईले तालिमका क्षेत्रमा आफ्नो कलम सहि सदुपयोग गरि निरन्तर दिनका लागि शुझाउनुभयो । कार्यक्रमको विशिष्ट अतिथि भिषण राईले मोवाईल पत्रकारिता अहिलेको आवश्यकता र सञ्चार माध्यममा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नरेन्द्र पराजुलीले ७ दिन सम्मको पत्रकारिता प्रशिक्षणले थप इच्छा शाक्ति बढ्न प्रेरित गरेकोले प्रशिक्षार्थीहरुमा हौसल्लाह बढेको विश्वास व्यक्त गर्नुभयो । उहाले यस क्षेत्रबाट समाजको हित हुने गरी पिछाडिएका पिडित समुदायको उत्थान गर्न पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार कौशाल चेम्जोङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुका अध्यक्ष मधुकर थापा, नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, नेपाल कपडा तथा सिलाई व्यावसाय संघका अध्यक्ष ज्ञानु प्रधान र पत्रकार माधव पोखरेल लगायतले शुभकामना व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार