Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा महिला फुटवल प्रतियोगीता हुने

  • उपहार न्यूज
  • सोमबार, असार ११ २०८१
गाईघाटमा महिला फुटवल प्रतियोगीता हुने

उपहार न्यूज
उदयपुर असार ११
त्रियुगा नगरपालिका ११ थरुहट रंगशालामा मंगलबारबाट दोस्रो उपमेयर गोल्डकप महिला फुटवल प्रतियोगीता सुरु हुने भएको छ । जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा विभिन्न आठ समुहलाई सहभागी गराउदै दोस्रो उपमेयर गोल्डकप महिला फुटवल प्रतियोगीताको आयोजना गर्न लागेको उदयपुर फुटवल संघका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो । प्रतियोगीताको उद्घाटन खेलमा डिडब्लु एफ.सि सुनसरी र हेटौडा फुटवल एकेडेमी मकवानपुर विच हुने छ ।
नकआउट विधिबाट गराईने प्रतियोगीताको दोस्रो खेल एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र गाईघाट फुटवल क्लब उदयपुर विच खेल हुनेछ । प्रतियोगीताको तेस्रो खेल असार १३ गते एनविवाईसि सप्तरी र धनकुटा जिल्ला फुटवल संघ विच हुने छ, असार १४ गते अन्तिम नकआउट बागमती युवा क्लब सर्लाहि र रोयल स्पोर्टिङ क्लब झापा विच प्रतियोगीता हुने आयोजक उदयपुर जिल्ला फुटवल संघले जनाएको छ ।
प्रतियोगीताको फाइनल खेल असार १८ गते थरुहट रंगशाला गाईघाटमा हुने भएको छ । प्रतियोगीताको मुख्य प्रायोजक त्रियुगा नगरपालिका रहेको छ त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाट संगको समन्वयमा आयोजना गर्न लागिएको प्रतियोगीतामा अखिल नेपाल फुटवल संघ एन्फाको समेत विशेष सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको बिजयीलाई नगद एक लाख दश हजार र दोस्रो पुरस्कार ५५ हजार रुपैया रहेको आयोजकले जनाएको छ ।

Last updated:2024 Jun 24 Monday 12:51:36

प्रतिक्रिया
सम्बन्धित समाचार